आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

पहिलो त्रैमासमा निफ्राको ४१ करोड ३९ लाख रुपैयाँ खुद नाफा, अन्य सूचक कस्तो? 

बिहीबार , कात्तिक १६ २०८०
पहिलो त्रैमासमा निफ्राको ४१ करोड ३९ लाख रुपैयाँ खुद नाफा, अन्य सूचक कस्तो? 

काठमाडौं- नेपाल पूर्वाधार विकास बैंक(निफ्रा) ले पहिलो त्रैमासमा ४१ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा निफ्राले ३७ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको थियो। गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिमा निफ्राले ३ करोड ५२ लाख खुद नाफा बढाएको छ। 

यस अवधिमा बैंकले ब्याज आम्दानीबाट ७६ करोड गरी ब्याज खर्च ५ करोड ९३ लाख रुपैयाँ गरेको छ। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७० करोड १५ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको यसै अवधिमा बेंकले ६६ करोड ६१ लाख रुपैयाँ ब्याज आम्दानी र १ करोड ४ लाख रुपैयाँ ब्याज खर्च गरी ६५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यस्तै बैंकले यस अवधिमा खुद शुल्क तथा कमिसनबाट थप ५ लाख आम्दानी गरी कुल संचालन आम्दानी ७० करोड ६५ लाख रुपैयाँ गरेको छ। गत आर्थिक आर्थिक वर्ष बैंकको संचालन आम्दानी ६६ करोड १३ लाख रुपैयाँ रहेको थियो।  


गत  आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकले इम्प्रियरमेन्ट चार्ज तथा लोन लस प्रोभिजन भने १ करोड २२ लाख रुपैयाँले घटाएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा  २ करोड १९ लाख रुपैयाँ यस शिर्षकमा खर्च बुक गरेको बैंकले यस वर्ष भने ९९ लाख ४२ हजार मात्रै खर्च गरेको छ। यस अवधिमा बैंकले कर्मचारीलाई ८ करोड ९६ अर्ब रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको छ।

गत वर्ष बैंकले कर्मचारीको खर्च ८ करोड ३० लाख रुपैयाँ भुक्तानी दिएको थियो। यस अवधिमा बैंकले ५९ करोड ९१ लाख रुपैयाँ संचालन नाफ गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५४ करोड रुपैयाँ मात्रै यस्तो नाफा गरेको थियो। बैंकले पहिलो क्वाटरको खुद नाफाबाट रेगुलेटरी रिजर्भमा २० करोड रुपैयाँ छुट्याएको छ।

अघिल्लो आर्थिक वर्ष यस्तो रिजर्भमा बैंकले ८ करोड रुपैयाँ मात्रै छुट्याएको थियो। हाल बैंकको कर्जा निक्षेप अनुपात(सीडी) ७३.१३ प्रतिशत कायम भएको छ। बैंकको कष्ट अफ फण्ड ७.६५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको यसै अवधिमा कष्ट अफ फण्ड ९.४० प्रतिशत रहेको थियो। यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७.६६ प्रतिशत, प्रतिसेयर नेटवर्थ ११२.०२ प्रतिशत, प्रति सेयर कुल सम्पत्तिको मुल्य १३० रुपैयाँ र तरलता अनुपात ५५५.०८ प्रतिशत रहेको छ।


प्रकाशित : बिहीबार , कात्तिक १६ २०८००२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend