आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

अदालतको निर्णयले शेरचनको जागिर सुरक्षित, राणा, पाण्डे र अर्याललाई पनि राहत

बुधबार, कात्तिक १५ २०८०
अदालतको निर्णयले शेरचनको जागिर सुरक्षित, राणा, पाण्डे र अर्याललाई पनि राहत

उनी जस्तै मर्जर तथा प्राप्तिमार्फत तेस्रो कार्याकालका लागि सीईओ भएका नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका ज्योतिप्रकाश पाण्डे, हिमालयन बैंकका अशोक राणा, कुमारी बैंकका रमेश अर्यालको पनि पद जोगिएको छ।

काठमाडौं- प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनविरुद्ध परेको रिट खारेज भएसँगै उनको तेस्रो कार्यकालको बाँकी अवधिसम्मका लागि जागिर सुरक्षित भएको छ।

शेरचनलाई सीईओ बनाउने बैंकको निर्णय बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) विपरीत रहेको भन्दै अधिवक्ता अनिता केसीले उच्च अदातल पाटनमा दायर गरेको रिट खारेज भएसँगै उनको प्रभु बैंकमा जागिर सुरक्षित भएको हो। उच्च अदातल पाटनका न्यायाधीशद्वय महेश शर्मा र प्रकाश खरेलको इजलासले शेरचनको नियुक्ति कानूनसम्मत रहेको ठहर गर्दै रिट राखेज गरेको हो।

उच्च अदालतको उक्त निर्णयबाट शेरचनको मात्रै जागिर सुरक्षित भएको छैन। उनी जस्तै मर्जर तथा प्राप्तिमार्फत तेस्रो कार्यकालका लागि सीईओ भएका नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका ज्योतिप्रकाश पाण्डे, हिमालयन बैंकका अशोक राणा, कुमारी बैंकका रमेश अर्यालको पनि पद जोगिएको छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले एउटै संस्थामा एक व्यक्ति दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत हुन नपाउने व्यवस्था गरेपनि राष्ट्र बैंकले गाभ्ने तथा गाभिने प्रक्रियामा गएका वाणिज्य बैंकका सीईओहरूलाई तेस्रो कार्यकाल पनि नियुक्त हुन पाउने मौद्रिक नीतिमार्फत व्यवस्था गरेको छ।


प्रकाशित : बुधबार, कात्तिक १५ २०८०१५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend