सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

पहिलो त्रैमासमा लक्ष्यअनुसार राजस्व उठाउन सरकार असफल, लक्ष्यभन्दा ७० अर्ब न्यून असुली

images
बिहीबार , कात्तिक १६ २०८०
images
पहिलो त्रैमासमा लक्ष्यअनुसार राजस्व उठाउन सरकार असफल, लक्ष्यभन्दा ७० अर्ब न्यून असुली

अर्थमन्त्रालयले प्रकाशन गरेको पहिलो त्रैमासको तथ्याङ्कनुसार भन्सार महसुलबाट ७६ अर्ब ९९ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा ४९ अर्ब ६३ करोड रुपैयाँ मात्रै उठाउन सफल भएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्यअनुसार राजस्व संकलन गर्न अर्थ मन्त्रालय असफल भएको छ।

images
images
images

चालु आर्थिक वर्षको साउन र भदौमा गत वर्षको तुलनामा करिब ५ प्रतिशतले आयात घटेकाले भन्सार राजस्व प्रभावित हुँदा समर्ग्र राजस्व संकलन लक्ष्यअनुसार नभएको हो।

images
images

चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन देखि असोज) सम्ममा सरकारले कुल २ खर्ब १९ अर्ब रुपैयाँ मात्रै राजस्व असुली गरेको छ। यद्यपि यस अवधिमा सरकारले कुल २ खर्ब ८९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। सरकारले पहिलो त्रैमासमा लक्ष्यभन्दा करिब ७० अर्ब रुपैयाँ अर्थात २४ प्रतिशत कम राजस्व संकलन गरेको हो।

images
images

यस अवधिमा सरकारले कुनै राजस्व शिर्षकबाट लक्ष्यनुसार राजस्व संकलन गर्न सकेको देखिँदैन। अर्थ मन्त्रालयले प्रकाशन गरेको पहिलो त्रैमासको तथ्यांकअनुसार भन्सार महसुलबाट ७६ अर्ब ९९ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा ४९ अर्ब ६३ करोड रुपैयाँ मात्रै उठाउन सफल भएको छ।

यस्तै, आन्तरिक तथा बाह्य मुल्य अभिवृद्धि करबाट ८४ अर्ब ६९ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा ६९ अर्ब ९ करोड रुपैयाँ मात्रै संकलन गरेको छ। आयातबाट संकलन हुने मूल्य अभिवृद्धि कर न्यून असुली भएकाले भ्याट लक्ष्यअनुसार संकलन हुन नसकेको हो। सरकारले आयातबाट ५७ अर्ब रुपैयाँ भ्याट उठाउने लक्ष्य राखेकोमा ४२ अर्ब ८७ करोड मात्रै असुल गरेको छ।

सरकारले उत्पादन, विक्री र सेवाबाट यस अवधिमा २७ अर्ब ६२ करोड संकलन गर्ने लक्ष राखेकोमा २६ अर्ब २१ करोड रुपैयाँ मात्रै असुली भएको छ।

यस्तै अन्त:शुल्क पनि पनि लक्ष्यभन्दा कम संकलन भएको छ। पहिलो त्रैमासमा ३८ अर्ब ३५ करोड रुपैयाँ अन्त:शुल्कबाट राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ३४ अर्ब ७१ करोड मात्रै असुली भएको छ। 

यस अवधिमा आन्तरिक उत्पादनबाट २४ अर्ब २४ करोड र आयातबाट १० अर्ब ४७ करोड अन्त:शुल्क उठेको छ। यस अवधिमा शिक्षा सेवा शुल्क भने लक्ष्यभन्दा बढी १९२ प्रतिशतले बढी उठेको छ। ४९ करोड ३८ लाख रुपैयाँ उठाउने सरकारले लक्ष्य निर्धारण गरेकोमा ५ अर्ब ७ करोड रुपैयाँ उठेको छ। 

आयकरतर्फ भने सरकारले लक्ष्यभन्दा करिब १८ अर्ब कम राजस्व संकलन गरेको छ। यस अवधिमा आयकरबाट ६३ अर्ब ६२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४५ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ब्याजकरबाट १० अर्ब ५० करोड संकलन गर्ने लक्ष्य राखिएकोमा ९ अर्ब ४५ करोड रुपैयाँ मात्रै उठेको छ। 

यसरी यस अविधमा सरकारले कर राजस्वबाट २ खर्ब ६४ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा १ खर्ब ९९ अर्ब रुपैयाँ मात्रै संकलन गरेको छ। जुन लक्ष्यभन्दा ५३ अर्ब ५९ करोड अर्थात ३२.६७ प्रतिशतले कम हो। 

यस्तै, सरकारले यस अवधिमा २५ अर्ब रुपैयाँ गैरकरबाट उठाउने लक्ष्य राखेकोमा २१ अर्ब ९१ करोड मात्रै असुलउपर गरेको छ।


प्रकाशित : बिहीबार , कात्तिक १६ २०८००१:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend