आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सेयर बजार स्थिर बन्न खोज्दै, थोरै अंकले घट्दा कारोबार रकम भने बढ्यो

बुधबार, कात्तिक १५ २०८०
सेयर बजार स्थिर बन्न खोज्दै, थोरै अंकले घट्दा कारोबार रकम भने बढ्यो

बुधबार ५.८३ अंकले घटेर १८५८.५६ बिन्दुमा आइपुगेको छ। ८१ करोड २० लाख रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- दसैँपछि घटेपनि सेयर बजार स्थिर देखिएको छ। दसैँअघि केही बढेको सेयर बजारमा नाफा बुक गर्ने हावी हुँदा सेयर बजार बढ्न सकेको छैन। खरिदमा केही चाप पर्न थाले पनि सस्तोमा सेयर उठाउन खोज्ने बढेपछि सेयर बजार बढ्न नसकेको हो। अधिकांश कम्पनीको लाभांश दिन बाँकीनै भएकोले लगानीकर्ता अझै पनि पर्ख र हेरको अवस्थामा रहेका छन्।

साताको दोस्रो कारोबारमा सामान्य बढेको सेयर बजार मंगलबार पुनः घटेको थियो। आइतबार २८ अंकले घटेको बजार सोमबार ३ अंकले बढेको थियो। मंगलबार १४.२९ अंकले घटेर बजार १८६४.४० बिन्दुमा झरेको थियो। बुधबार पनि सेयर बजार घटेको छ। बुधबार ठूलो उचारचढाव नदेखिएकोले सेयर बजार थामिएर अघि बढ्न खोजेको विश्लेषण हुन थालेको छ।

बुधबार ५.८३ अंकले घटेर १८५८.५६ बिन्दुमा आइपुगेको छ। ८१ करोड २० लाख रुपैयाँको कारोबार भएको छ। कारोबार रकम बढ्न थालेको अनुमान समेत गरिएको छ। मंगलबार ५७ करोड १४ लाख ८३ हजार रूपैयाँको कारोबार भएको थियो। 

दसैँपछिको पहिलो कारोबारमा आइतबार २८‍‍.१८ अंकले घटेर १८७५.६५ बिन्दुमा ओर्लिएको सेयर बजार सोमबार ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा पुगेको थियो। तर बजारको वृद्धि एक दिन पनि टिकेन।

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। उच्च बिन्दुको यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ।

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न सकेको छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : बुधबार, कात्तिक १५ २०८००९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend