आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images
हवाई सुरक्षामा गम्भीर लापरबाही

सिम्रिक हेलिकप्टरका पार्ट्सको म्याद सकिँदा चारसय घण्टा समय थप्न नियामकमाथि दबाब, नमानेपछि गलत प्रचारमा क्याप्टेन थापा

images
बुधबार, कात्तिक १५ २०८०
images
सिम्रिक हेलिकप्टरका पार्ट्सको म्याद सकिँदा चारसय घण्टा समय थप्न नियामकमाथि दबाब, नमानेपछि गलत प्रचारमा क्याप्टेन थापा
images
images

काठमाडौं- नियामकमाथि लगातार धावा बोल्दै अनुचित निर्णय गराउँदै आएको सिम्रिक एयरले पुनः हवाई सुरक्षामै असर पर्ने निर्णय गराउन दबाब दिएको छ। सिम्रिकसँग अहिले २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर रहेका छन्। दुईवटा हेलिकप्टरको अहिले दर्जनौँ पार्ट्सको म्याद सकिएको छ।

images
images
images

तर सिम्रिक हेलिकप्टरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नागरिक उड्डयन प्राधिकरणलाई दुई हेलिकप्टरको पार्ट्सको म्याद दुई/दुई सय गरी ४ सय घण्टा म्याद थप्न अनुचित दबाब दिएका छन्। यात्रुलाई नै असुरक्षित हुनेगरी चार सय घण्टा म्याद थप्नका लागि प्राधिकरणको हवाई सुरक्षा निर्देशनालय र महानिर्देशकलाई दबाब दिएका हुन्। महानिर्देशक र हवाई सुरक्षा विभागले र्पाट्सको म्याद थप्न नमिल्ने बताएपछि क्याप्टेन थापाले अहिले विभिन्न सरकारी अड्डामार्फत दबाब दिएका हुन्।

images
images

पछिल्लो समय लगातार हेलिकप्टर दुर्घटना भइरहेको छ। तीन महिनाकै बीचमा २ हेलिकप्टर दुर्घटनामा परेर मनाङ एयर हेलिकप्टरविहीन भएको छ। हवाई यात्रुको सुरक्षामै जोखिम पर्नेगरी कम्पनीले पार्ट्सको म्याद थप्न दबाब दिनु गलत भएको प्राधिकरणको बुझाइ छ। केही सातादेखि दबाब दिएको तर प्राधिकरणले अस्वीकार गरेपछि अहिले प्राधिकरणविरुद्ध अफवाहमा सिम्रिक एयर लागेको छ। 

images
images

यसअघि पनि बक्यौता तिर्न अटेर गर्दा प्राधिकरणले सबै हेलिकप्टर ग्राउन्डेड गरेको थियो। अहिले पनि २ हेलिकप्टरको पार्ट्सको म्याद सकिँदा ग्राउन्डेड रहेको छ। तर पार्ट्स फेर्नुको सट्टा दबाब दिएर हेलिकप्टर उडान गराउन क्याप्टेन थापा लागेका छन्। बक्यौता तिर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि प्राधिकरणले गत महिना सिम्रिकको सबै हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको थियो।

प्राधिकरणले बक्यौता नतिरेसम्म कुनै पनि उडान हुन नदिनेगरी उडानमा रोक लगाएको थियो। क्याप्टेन रामेश्वर थापाको लगानी रहेको सिम्रक एयरले पटकपटक नियम उल्लंघन गरेको अरोप समेत प्राधिकरणको छ।

हाल सिम्रिकले ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आएको छ। कम्पनीले प्राधिकरणलाई तिर्न बाँकी ४६ लाख रूपैयाँ बक्यौता चुक्ता गरेपछि उडान खोलेको थियो। 

क्याप्टेन रामेश्वर थापाको सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक क्याप्टेन रामेश्वर थापाको सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक

 


प्रकाशित : बुधबार, कात्तिक १५ २०८००६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend