शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

क्याप्टेन रामेश्वर थापाको सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक

बिहीबार , साउन २५ २०८०
क्याप्टेन रामेश्वर थापाको सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक

प्राधिकरणले बक्यौता नतिरेसम्म कुनै पनि उडान हुन नदिनेगरी उडानमा रोक लगाएको हो।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर ग्राउन्डेड गरेको छ। बक्यौता तिर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि प्राधिकरणले बिहीबारदेखि नै सबै हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो।

प्राधिकरणले बक्यौता नतिरेसम्म कुनै पनि उडान हुन नदिनेगरी उडानमा रोक लगाएको हो। क्याप्टेन रामेश्वर थापाको लगानी रहेको सिम्रक एयरले पटकपटक नियम उल्लंघन गरेको अरोप समेत प्राधिकरणको छ। हाल सिम्रिकले ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आएको छ। 

सिम्रिकसँग अहिले २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर रहेका छन् । अब कम्पनीले प्राधिकरणलाई तिर्न बाँकी ४६ लाख रुपैयाँ बक्यौता चुक्ता गरी आफ्नो वित्तीय अवस्थाबारे आस्वस्त पार्न सके मात्र उडानबारे पुनःर्विचार हुन सक्ने प्राधिकणको भनाइ छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र २७ लाख ९३ हजार रुपैयाँ वक्यौता रहेको पाइएको छ । लुक्लामा १५ लाख ७२ हजार ९६५ रुपैयाँ बक्यौता रहेको देखिएको छ । ताप्लेजुङ विमानस्थलमा ४ लाख ३७ हजार र सिमिकोट विमानस्थलमा १ लाख ५८ हजार वक्यौता रहेको देखिएको छ।


प्रकाशित : बिहीबार , साउन २५ २०८०११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend