काठमाठौं- मंगलकार नेपाली बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको छ। सोमबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलमा १६ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको हो। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ।