आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

स्ट्यान्डर्ड चार्टर्ड बैंकले चार वर्षयताकै उच्च लाभांश दिँदासमेत किन घट्यो सेयर मूल्य?

मंगलबार, कात्तिक १४ २०८०
स्ट्यान्डर्ड चार्टर्ड बैंकले चार वर्षयताकै उच्च लाभांश दिँदासमेत किन घट्यो सेयर मूल्य?

लगानीकर्ताहरु खासगरी नगदमा भन्दा सेयर संख्यामा विश्वास गर्दछन्। जसका कारण नगद लाभांश दिने कम्पनीको सेयर मूल्य घट्ने गरेको छ।

काठमाडौं- स्ट्यान्डर्ड चार्टर्ड बैंकले चार वर्षयताकै उच्च लाभांश दिँदा पनि सेयर मूल्य भने घटेको छ। सेयर मूल्य बढ्नुको सट्टा उल्टै घट्नुको कारण भने बोनस सेयरको सट्टा नगद लाभांश दिनु हो। लगानीकर्ताहरु खासगरी नगदमा भन्दा सेयर संख्यामा विश्वास गर्दछन्। जसका कारण नगद लाभांश दिने कम्पनीको सेयर मूल्य घट्ने गरेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले सोमबार मात्रै १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। लाभांश घोषणा गरेपछिको पहिलो दिनको कारोबार अर्थात् मंगलबार उक्त बैंकको सेयर मूल्य ओरालो लाग्न पुगेको छ।

यो बैंकको सेयर मूल्य १.९६ प्रतिशतले ओरालो लागेको छ। उक्त बैंकको प्रतिकित्ता ५१५ रूपैयाँमा सेयर कारोबार भएको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक कारोबार रकमका आधारमा सबैभन्दा अगाडि छ। करिब १ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले तीन वर्षअघि अर्थात् आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीलाई ७ प्रतिशत बोनस र ४.८४ प्रतिशत नगद गरि कुल ११.८४ प्रतिशत लाभांश वितरण गरेको थियो।

त्यसपछि बैंकले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गरेको थियो। बैंकले आर्थिक वर्ष २०७८/७९ मा १६.५१ प्रतिशत लाभांश वितरण गरेको थियो।


प्रकाशित : मंगलबार, कात्तिक १४ २०८०११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend