आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सेयर बजार घट्दा पनि उत्कृष्ट लाभांशको अपेक्षासहित दोस्रो बजारमा स्थिर बसेका यी पाँच कम्पनी

images
बुधबार, कात्तिक १५ २०८०
images
सेयर बजार घट्दा पनि उत्कृष्ट लाभांशको अपेक्षासहित दोस्रो बजारमा स्थिर बसेका यी पाँच कम्पनी

समग्र सेयर बजारमा लगातार गिरावट आइरहे पनि दोस्रो बजारका केही ठूला कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

images
images

काठमाडौं- समग्र सेयर बजारमा लगातार गिरावट आइरहे पनि दोस्रो बजारका केही ठूला कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। आइतबार २८ अंकले घटेको बजार सोमबार ३ अंकले बढेको थियो। मंगलबार पुनः १४.२९ अंकले घटेर बजार १८६४.४० बिन्दुमा झर्यो।

images
images
images

सेयर मूल्य स्थिर रहेका मध्येमै नबिल बैंक पनि पर्छ। जसको सेयर ५ सय ७८ रूपैयाँमा कारोबार भएको छ। यसको सेयर मूल्य मंगलबार प्रतिकित्ता २ रूपैयाँ घटेको छ। लाभांश घोषणा गर्न बाँकी रहेको बैंकको सेयर मूल्य केही सातायता स्थिर रहेको छ।

images
images

एकवर्षको बीचमा बैंकको सेयर मूल्य ९ सय ३० रूपैयाँसम्म पुगेको थियो भने घटेर ५ सय ६० रूपैयाँसम्म झरेको थियो। बैंकहरुमध्ये सबैभन्दा आर्कषक रहेको नबिलको सेयर मूल्य कुनै समय २ हजार रूपैयाँसम्म पुगेको थियो।

images
images

लामो समयदेखि स्थिर कारोबार भइरहेको अर्को नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। जसको सेयर प्रतिकित्ता ६ सय ३३ रूपैयाँमा कारोबार भएको छ। कम्पनीको सेयर मूल्य ५२ साताअगाडि अधिकतम ८ सय २० रूपैयाँ र न्यूनतम ५ सय ७० रूपैयाँमा कारोबार भएको थियो। दुई वर्षको लाभांश दिनै बाँकी रहेको कम्पनीको सेयर मूल्य पनि अन्डर भ्यालु भएको छ। ब्लुचिफ कम्पनीको उपमा पाएको कम्पनी इन्स्योरेन्स कम्पनीहरुमध्ये उत्कृष्ट र ठूलो कम्पनी हो।

महिला लघुवित्तको सेयर मूल्य पनि पछिल्लो समय स्थिर रहेको छ। कम्पनीको सेयर प्रतिकित्ता १ हजार ७ सय ८३ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि प्रतिकित्ता २ रूपैयाँ मात्रै घटेको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा अधिकतम ४ हजारभन्दा बढी रूपैयाँ रहेको थियो। भने न्यूनतम एक हजार ६ सय ९६ रूपैयाँसम्म झरेको थियो। लघुवित्त कम्पनीमध्ये नाफा र लाभांशका हिसाबले आकर्षक रहेको छ।

हिमालयन डिष्टिलरी लिमिटेडको सेयर मूल्य पनि पछिल्लो समय स्थिर भएर बसेको छ। कुनै समय ८ हजार प्रतिकित्तासम्म पुगेको कम्पनीको सेयर मूल्य अहिले घटेर अहिले १ हजार ८ सय ८७ रूपैयाँमा कारोबार भइरहेको छ।

१८ सयकै वरपर लामो समयदेखि कारोबार भइरहेको छ। कम्पनीको सेयर एकवर्ष अगाडि भने ४ हजार रूपैयाँसम्म कारोबार भएको थियो। लाभांशका हिसाबले सेयर लगानीकर्ताका लागि आकर्षक कम्पनी भएकाले पनि सेयर बजार लयमा फर्कने वित्तकै पुनः उच्च मूल्य पुग्ने अनुमानले पनि पछिल्लो सयम स्थिर भएर बसेको छ।

बुटवल पावर कम्पनीको सेयर मूल्य पनि स्थिर भएर बसेको छ। सम्भवत: यसपटक आकर्षक लाभांश आउने अनुमानले पनि अन्य हाइड्रो कम्पनीको तुलनामा यसको सेयर मूल्य स्थिर देखिएको छ। कम्पनीको मंगलबार पनि २ सय ९७ रूपैयाँमा अन्तिम कारोबार भएको थियो। कम्पनीको पछिल्लो एक वर्षमा बढेर ३ सय ६८ रूपैयाँसम्म कारोबार भएको थियो भने न्यूनतम २ सय ९३ रूपैयाँमा स्थिर रहेको छ।


प्रकाशित : बुधबार, कात्तिक १५ २०८००१:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend