आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार बाँडफाँट हुने, कति जनालाई पर्ला ?

मंगलबार, कात्तिक १४ २०८०
मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार बाँडफाँट हुने, कति जनालाई पर्ला ?

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बिहीबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार कार्तिक १६ गते बिहीबार  एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ।

काठमाडौं- मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बिहीबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार कार्तिक १६ गते बिहीबार  एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ।

मिर्मिरे लघुवित्तको एफपीओमा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन दिएका छन्। यो १३०.६३ गुणा बढी आवेदन हो।

मागभन्दा बढी आवेदन परेका कारण यो एफपीओ गोलाप्रथा विधिबाट बाँडफाँट हुनेछ। जसअनुसार कम्पनीको एफपिओ १२ हजार ३८१ जनाले १०ः१० कित्ता र सोहि मध्यका ६ जनाले थप १ः१ कित्ता गरि ११ कित्ता पाउनेछन्। त्यस्तै, १४ लाख ९ हजार ३९५ भन्दा धेरै आवेदकहरूले एफपीओ नपाउने भएका छन्।

लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता सेयर निष्काशन गरेको हो।

 


प्रकाशित : मंगलबार, कात्तिक १४ २०८००४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend