आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

नेपाली वस्तुलाई सहुलियत पहुँच दिने कार्यक्रमलाई निरन्तरता दिन अमेरिकासँग आग्रह 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १४ २०८०
नेपाली वस्तुलाई सहुलियत पहुँच दिने कार्यक्रमलाई निरन्तरता दिन अमेरिकासँग आग्रह 

भेटका क्रममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा मुद्दामा एकमत कायम गर्ने तथा हालैको अरब क्षेत्रमा देखिएसो सम्बन्धमा पनि छलफल भएको थियो। एमसीसी कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो। 

काठमाडौं- सन् २०१६ देखि नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिनेगरि अमेरिकाले दिएको सहुलियत कार्यक्रमलाई थप विस्तार गर्न परराष्ट्रमन्त्री एनपी साउदले आग्रह गरेका छन्। 

अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच सोमबार वासिङटन डीसीमा भेटवार्ताका क्रममा उक्त कार्यक्रमलाई थप विस्तार गर्न आग्रह गरिएको थियो। 

भेटका क्रममा साउदले अमेरिकी विदेशमन्त्री ब्लिन्केन समक्ष अमेरिकाले दिँदै आएको नेपाल ट्रेड प्रिफ्रेन्सेज प्रोग्रामलाई पुन: आधिकारिता र विस्तार गर्न आग्रह गरेका हुन्। 

सन् २०१६ देखि अमेरिकाले विभिन्न ७७ वस्तुका लागि भन्सार शून्य सुविधा दिएको थियो। यो कार्यक्रम सन् २०२५ सम्मका लागि हो। तयारी पोशाकदेखि विभिन्न वस्तुलाई दिइएको यस्तो सुविधाको उपयोग भने नेपालले राम्रोसँग गर्न सकेको छैन। 

विकासोन्मुख मुलुकमा स्तरोन्नतिको क्रममा रहेको तथा कोभिडले गर्दा अर्थतन्त्रमा थप क्षति भएकाले यस्तो सहुलियतलाई पुन: विस्तार गर्न अमेरिका समक्ष मन्त्री साउदले आग्रह गरेका हुन्। 

भेटका क्रममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा मुद्दामा एकमत कायम गर्ने तथा हालैको अरब क्षेत्रमा देखिएसो सम्बन्धमा पनि छलफल भएको थियो। एमसीसी कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो। 

प्रविधि, खाद्य सुरक्षा, लगानी तथा बजारका सम्बन्धमा नेपालले अमेरिकाबाट सहायताको अपेक्षा गरेको मन्त्री साउदे उल्लेख गरेका थिए। 

भेटका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले नेपाल समृद्ध लोकतन्त्रका रुपमा विकसित भएको हेर्ने अमेरिकी चाहना रहेको उल्लेख गरेका थिए। सहायताका सन्दर्भमा अमेरिका सदैव सकारात्मक भएको उनको भनाइ थियो। 


प्रकाशित : मंगलबार, कात्तिक १४ २०८००४:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend