आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने

सोमबार, कात्तिक १३ २०८०
स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा उक्त लाभांश वितरण हुनेछ।

काठमाडौं- स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जसअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत (कर सहित) ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले प्रतिसेयर १९ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा उक्त लाभांश वितरण हुनेछ।

प्रकाशित : सोमबार, कात्तिक १३ २०८०११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend