आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

नेपाल बैंकको सीईओ बन्न १९ जना प्रतिस्पर्धामा

सोमबार, कात्तिक १३ २०८०
नेपाल बैंकको सीईओ बन्न १९ जना प्रतिस्पर्धामा

नयाँ सीईओको लागि असोज २१ गते २१ दिनको म्याद राखेर विज्ञापन प्रकाशित गरिएको थियो। जसमा अन्तिम दिन कात्तिक १२ गते आइतबारसम्ममा नयाँ सीईओका लागि १९ जनाको आवेदन परेको ५। 

काठमाडौं- नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि १९ जनाले आवेदन दिएका छन्। नयाँ सीईओको लागि असोज २१ गते २१ दिनको म्याद राखेर विज्ञापन प्रकाशित गरिएको थियो। जसमा अन्तिम दिन कात्तिक १२ गते आइतबारसम्ममा नयाँ सीईओका लागि १९ जनाको आवेदन परेको हो।

नेपाल बैंकको सीईओका लागि सरकारी बैंकमा उच्च पदमा कार्यरत कर्मचारीदेखि उच्च पूर्वसरकारी कर्मचारीहरुले समेत आवेदन दिएका छन्। आवेदन दिनेमा समता पन्त, देवेश प्रसाद लोहनी, अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रमेश प्रसाद जोशी, शंकर केसी, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल रहेका छन्।

यस्तै दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, र कृष्ण प्रसाद आचार्यले पनि बैंकको सीईओको लागि आवेदन दिएका छन्। अन्य आवेदकमा छपिराज पन्त, राजुनाथ खनाल, विष्णुदेव यादव, प्रमोदबाबु तिवारी, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, र तिलक राज पाण्डेय रहेका छन्।

नेपाल बैंकमा कृष्णबहादुर अधिकारीको अवधि सकिएपछि सीईओ पद खालि रहेको छ। 


प्रकाशित : सोमबार, कात्तिक १३ २०८००५:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend