शुक्रबार, असोज ४ गते २०८१    
images
images

ऐनअनुसार सुविधा नदिइएको भन्दै विराटनगर भन्सारका श्रमिकले दिए हडतालको चेतावनी

images
सोमबार, मंसिर ६ २०७८
images
images
ऐनअनुसार सुविधा नदिइएको भन्दै विराटनगर भन्सारका श्रमिकले दिए हडतालको चेतावनी

हाल कार्यरत सम्पूर्ण कामदार तथा कर्मचारीहरूलाई नियमित गर्नुपर्ने, कार्यरत प्रत्येक कामदार तथा कर्मचारीहरूलाई सात लाख बराबरको बीमा गर्नुपर्ने माग राखेका छन्।

images
images

काठमाडौं- विराटनगरको रानीस्थित एकीकृत भन्सार चौकी (आईसीपी)मा कार्यरत श्रमिक तथा मजदूरहरूले हडतालको चेतावनी दिएका छन्।

images
images
images

आईसीपीले श्रमिक तथा मजदूरहरूलाई श्रम ऐनअनुसार सेवा सुविधा नदिइएको भन्दै समाजवादी कारखाना श्रमिक संघले मंसिर १२ गतेदेखी भन्सार ठप्प तथा हड्ताल गर्ने चेतावनी दिएको हो।

संघका इकाइ अध्यक्ष शम्भुकुमार यादवले मजदूरहरूको जायज माग पूरा नगरे मंसिर १२ गतेदेखि एकीकृत भन्सार जाँच चौकी ठप्प पार्ने चेतावनी दिए। उनले संघकै अगुवाइमा २०७७ माघ १९ गते श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६ को उपदफाहरू अनुसारका मागहरू राखिएको भए पनि मागको सम्बोधन नभएको बताए।

समाजवादी ट्रेड युनियनका प्रदेश सचिव विकास मण्डलले हाल कार्यरत सम्पूर्ण कामदार तथा कर्मचारीहरूलाई नियमित गर्नुपर्ने, कार्यरत प्रत्येक कामदार तथा कर्मचारीहरूलाई सात लाख बराबरको बीमा गर्नुपर्ने माग राखेका छन्।

images

युनियनका प्रदेश अध्यक्ष मोहम्मद नसरुलले आईसीपीका खटिने मजदूरहरूलाई ठेकेदारी प्रथाबाट खटाएर शोषण गर्ने गरिएकाले ठेकेदार प्रथाको अन्त्य गर्नुपर्ने बताए। उनले श्रम स्वीकृति नलिइ आईसीपीमा विदेशी कामदारहरूलाई लगाइएको समेत बताए।

उनले भने,‘आईसीपीमा कामगर्न ट्रान्स नेपाल नामक कम्पनीले दिने गरेको छ ,श्रमिकहरूले श्रम ऐन अनुसार सेवा र सुविधाको तगेदा गर्दा पछिल्लो समय ट्रान्स नेपाल आफ्नो कामदार नभएको भन्दै पन्छिन खोजिएको छ।’

आईसीपीमा नेपाल र भारतका गरी करिब ३ सय श्रमिकहरू कार्यरत छन्। श्रमिकको मागका बारेमा सम्बन्धित निकायहरूलाई जानकारी गराउँदा पनि ध्यान नदिएको कारण हडतालमा जानुपर्ने बाध्यता सृजना भएको संघले जनाएको छ।


प्रकाशित : सोमबार, मंसिर ६ २०७८१३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend