आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

दसैँपछिको पहिलो सेयर कारोबारमै भारी गिरावट, लगानीकर्तालाई धक्का

आइतबार, कात्तिक १२ २०८०
दसैँपछिको पहिलो सेयर कारोबारमै भारी गिरावट, लगानीकर्तालाई धक्का

दसैँलगत्तै सेयर बजार सकारात्मक हुने अनुमानविपरीत बजार झनै ओरालोतर्फ लागेको छ।

काठमाडौं- दसैँपछिको पहिलो सेयर कारोबारमै लगानीकर्तालाई धक्का लागेको छ। ११ दिनको बिदापछि खुलेको कारोबारमा खरिदभन्दा बिक्रीमा चाप परेपछि भारी अंकको गिरावट आएको छ।

आइतबार दोस्रो बजार २८‍‍.१८ अंकले घटेर १८७५.६५ विन्दुमा आइपुगेको छ।  भने कारोबार रकम पनि ७४ करोड २९ मा सीमित भएको छ। अधिकांश सूचकको सेयर मूल्य घट्दा केही साना कम्पनीको सेयर मूल्य मात्रै बढेको छ। २७ कम्पनीको सेयर मूल्य बढ्दा २०० कम्पनीको सेयर मूल्य भने घटेको छ।

दसैँको अन्तिम साता भने सेयर बजार २९.२४ अंकले बढेको थियो। दसैँ बिदाअघिको अन्तिम कारोबार स्थिर देखिएको थियो। सूचकहरु सकारात्मक बन्दै गएकाले दसैँलगत्तै सेयर बजार सकारात्मक हुने अनुमानविपरीत बजार झनै ओरालोतर्फ लागेको छ।

राष्ट्र बैंकले समेत खुकुलो नीति लिएकोले दसैँपछि बजार सकारात्मक हुने अनुमान गरिएको थियो। दसैँ बिदाको अघिल्लो दिन बजार १९०३.८४ बिन्दुमा रोकिएको थियो। ९७ करोड ६ लाख १२ हजार रुपैयाँको कारोबार भएको थियो। 

नियामकहरू सेयर बजारको सुधारका लागि निरन्तर प्रायसमा देखिएपनि बजार भने बढ्न सकेको छैन। नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमामा गरेको संशोधनले बजारमा तत्काल सुधार नदेखिए पनि धितोपत्र बोर्डले कमिसन घटाएसँगै बजारमा उछाल देखिएको थियो।

धितोपत्र बोर्डले ब्रोकर कमिसन र नेप्से चार्ज १० प्रतिशतले घटाउने निर्णय गरिसकेको छ। निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ।


प्रकाशित : आइतबार, कात्तिक १२ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend