शुक्रबार, असोज ४ गते २०८१    
images
images

एनआरएनएको निर्वाचनमा पुनः परराष्ट्रकाे हस्तक्षेप

images
सोमबार, मंसिर ६ २०७८
images
images
एनआरएनएको निर्वाचनमा पुनः परराष्ट्रकाे हस्तक्षेप

गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिबेशन तथा निर्वाचन प्रक्रियामाथि परराष्ट्र मन्त्रालयले पुनः हस्तक्षेप गरेको छ।

images
images

काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिबेशन तथा निर्वाचन प्रक्रियामाथि परराष्ट्र मन्त्रालयले पुनः हस्तक्षेप गरेको छ। हस्तक्षेप गरेपछि परराष्ट्र एनआरएनएले डिसेम्बर १५ मा गर्ने तालिका सार्वजनिक गरेको थियो। अव परराष्ट्रको हस्तक्षेप पछि निर्वाचन तालिका प्रभावित हुने भएको छ। 

images
images
images

निर्वाचन समयतालिका सार्वजनिक गरेकै दिन गत शुक्रबार नै परराष्ट्रले पत्र काटेर निर्वाचन गराउने जिम्मेवारी एनआरएनएको संरक्षक परिषदलाई तोकिदिएको छ। जसको नेतृत्व एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले गरिरहेका छन् ।

मन्त्रालयका सह सचिव भरत रेग्मीले हस्ताक्षर गरेको पत्रको बोधार्थसमेत अन्य संरक्षकलाई नदिइ प्रमुख संरक्षकलाई सम्वोधन गर्दै पठाइएको छ। एनआरएनएको निर्वाचन समय तालिका परराष्ट्रले दोस्रो पटक स्थगित गरिदिएको हो। सुरुमा एनआएनएको निर्वाचन समय तालिका कात्तिक ३ गतेका लागि तोकिएको थियो। महाधिवेशन प्रतिनिधिहरुको विवाद रहेको भन्दै परराष्ट्रले उक्त निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो ।

परराष्ट्रले हाल कुमार पन्त नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद्को वैद्यतामाथि पनि प्रश्न उठाउँदै तीन बुंदे निर्देशन दिएको छ। अर्को निर्देशनमा निर्वाचन गराउने जिम्मा संरक्षक परिषदलाई दिइएको छ। ‘हाल संघमा देखिएका विवादहरुको सामधान गरी २०२१ भित्र दशौं अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कार्य विधानको धारा १६ बमोजिम गठित संरक्षक परिषदबाट मात्र गर्नु, गराउनु।’

images

परराष्ट्रले प्रतिनिधी विवादका विषयमा ६५ प्रतिशत प्रतिनिधिसमेत नयाँ कार्य समितिलाई छान्न दिनुपर्ने निर्देशन समेत दिएको छ।

 


प्रकाशित : सोमबार, मंसिर ६ २०७८१३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend