आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

यी हुन् २०२४ मा सर्वाधिक आर्थिक वृद्धि हुने देशहरू, नेपालको वृद्धिदर कति?

images
आइतबार, कात्तिक १२ २०८०
images
यी हुन् २०२४ मा सर्वाधिक आर्थिक वृद्धि हुने देशहरू, नेपालको वृद्धिदर कति?

२०२४ मा छिमेकी देश भारतको आर्थिक वृद्धिदर ६.३ प्रतिशत र नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने आईएमएफको अनुमान छ।

images
images

काठमाडौं- विश्वभर आर्थिक मन्दीका संकेतहरु देखापरिरहेका छन्, त्यसैले संसारभरका देशको आर्थिक वृद्धिदर संकुचित हुने अनुमान सार्वजनिक भइरहेका छन्। विश्व बैंक तथा आईएमएफले हरेक वर्ष देशहरुको आर्थिक वृद्धिको अनुमानित प्रतिशत सार्वजनिक गर्दै आएको छ। 

images
images
images

२०२४ मा विश्वका सबै देशको औषत आर्थिक वृद्धिदर २.९ प्रतिशत हुने अनुमान आईएमएफले गरेको छ। यो औसत वृद्धिभन्दा धेरै आर्थिक वृद्धिदर हुने अर्थतन्त्रहरुको संख्या ठूलै छ। आईएमएफले वास्तविक कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा आधारित भएर २०२४ को आर्थिक वृद्धि अनुमान गरेको हो।

images
images

२०२४ मा सबैभन्दा धेरै आर्थिक वृद्धि दर हुने देश कुन होला भन्ने प्रश्न स्वभाविक रुपमा आउँछ। आईएमएफले यही अक्टोबर २०२३ मा सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुक सबैजसो देशको २०२४ मा हुने अनुमानित आर्थिक वृद्धि दरबारे उल्लेख गरेको भिजुअल क्यापिटालिस्टले लेखेको छ।

images
images

२०२४ मा धेरै आर्थिक वृद्धि हुने अनुमान गरिएका देशहरुमा एसियाली मुलुकको बाहुल्यता रहेको छ। एसिया र अफ्रिका क्षेत्रका देशहरु धेरै आर्थिक वृद्धि भएका देशमा पर्छन्।

२०२४ मा सबैधन्दा धेरै आर्थिक वृद्धि हुने अनुमान गरिएको देशमा मकाउ एसएआर रहेको छ। एसिया प्यासिफिकमा रहेको मकाउको आर्थिक वृद्धि २७.२ प्रतिशत हुने अनुमान आईएमएफले गरेको छ। 

दोस्रो धेरै आर्थिक वृद्धि हुने अनुमान गरिएको देशमा गुयाना रहेको छ। अमेरिकी क्षेत्रमा रहेको गुयानाको २०२४ मा २६.६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ।

त्यसैगरी धेरै आर्थिक वृद्धि हुने अनुमान गरिएको देशहरुमा पालाउको १२.४ प्रतिशत, नाएगरको ११.१ प्रतिशत, सेनेगलको ८.८ प्रतिशत, लिबियाको ७.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ।

धेरै आर्थिक वृद्धि हुने देशहरुको सूचीमा रहेको रुवान्डाको ७ प्रतिशत, बुर्किना फासोको ६.४ प्रतिशत, बेनिनको ६.३ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ।

नेपालको छिमेकी देश भारतको २०२४ मा आर्थिक वृद्धि दर ६.३ प्रतिशत हुने अनुमान आईएमएफको छ। भारतलाई उल्लेख्य सम्भावना भएको मुलुकका रुपमा लिइन्छ।

त्यसैगरी गाम्बियाको ६.२ प्रतिशत, इथियोपियाको ६.२ प्रतिशत, कम्बोडियाको ६.१ प्रतिशत, तान्जिानियाको ६.१ प्रतिशत, बंगलादेशको ६ प्रतिशत, बुरुन्डीको ६ प्रतिशत, फिलिपिन्सको ५.९ प्रतिशत, भियतनामको ५.८ प्रतिशत हुने अनुमान गरिएको छ।

त्यस्तै आईएमएफले २०२४ का लागि गरेको अनुमानमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुनेछ। २०२२ मा नेपालको आर्थिक वृद्धि दर ५.६ प्रतिशत र २०२३ का लागि ०.८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान आईएमएफको छ।   


प्रकाशित : आइतबार, कात्तिक १२ २०८००३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend