आइतबार, मंसिर ९ गते २०८१    
images
images

२० मध्ये ६ वाणिज्य बैंकको मात्रै लाभांश, नबिलसहित १४ बैंकको तिहारसम्म आउने

images
आइतबार, कात्तिक १२ २०८०
images
images
२० मध्ये ६ वाणिज्य बैंकको मात्रै लाभांश, नबिलसहित १४ बैंकको तिहारसम्म आउने

एनआईसी एसिया बैंकले सबैभन्दा बढी लाभांश आफ्ना लगानीकर्तालाई दिने घोषणा गरेको छ। सानिमा बैंकले ९ प्रतिशत बोनस र ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश घोषणा गरेको छ।

images
images

काठमाडौं- लगानीकर्ताका लागि लाभांश र लगानीका हिसावले सुरक्षित वाणिज्य बैंकहरुको लाभांश धमाधम आउँदैछ। दसैँअघि २० वाणिज्य बैंकमध्ये ६ वटाले घोषणा गरेर कतिपयले लाभांश वितरणसमेत गरिसकेका छन्।

images
images
images

लाभांश घोषणा गरेका ६ वटा वाणिज्य बैंकमध्ये एनआईसी एसिया बैंकले सबैभन्दा बढी लाभांश आफ्ना लगानीकर्तालाई दिने घोषणा गरेको छ। यसले ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले २९ प्रतिशत बोनस र १.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

images

यस्तै एभरेष्ट बैंकको १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगदसहित कुल २०.५३ प्रतिशत लाभांश लगानीकर्ताको खातामा गइसकेको छ। लाभांश घोषणा गरेका बैंकहरुको सूचीमा सानिमा बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक र सिद्धार्थ बैंक पनि छन्।

images

सानिमा बैंकले ९ प्रतिशत बोनस र ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश घोषणा गरेको छ। यस्तै माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश घोषणा गरेको छ, जसअन्तर्गत १३.३० प्रतिशत बोनस र ०.७० प्रतिशत नगद रहेको छ।

सिटिजन्स बैंक र सिद्धार्थ बैंकले क्रमश: ५.७९ प्रतिशत र ४.२१ प्रतिशत लाभांश घोषणा गरेका छन्। तिहारसम्ममा नबिल, ग्लोबल आईएमई, एसबीआई, एनएमबि, चार्टर्ड स्ट्यान्डर्ड, कुमारीसहित १४ बैंकहरुले लाभांश घोषणाको तयारी गरेका छन्। 


प्रकाशित : आइतबार, कात्तिक १२ २०८०००:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend