आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

आकर्षक सूचकबीच दोस्रो बजारमा ‘अन्डरभ्यालु’ भएको ‘ब्लुचिप’ कम्पनी नेपाल लाइफ

शुक्रबार, कात्तिक १० २०८०
आकर्षक सूचकबीच दोस्रो बजारमा ‘अन्डरभ्यालु’ भएको ‘ब्लुचिप’ कम्पनी नेपाल लाइफ

सेयर बजार १२०० अंकमा आइपुग्दा समेत नेपाल लाइफको सेयर मूल्य ९०० भन्दा तल झरेको थिएन। समग्र सेयर बजार ३२०० मा पुग्दा नेपाल लाइफको सेयर मूल्य ३००० सम्म पुगेको थियो। तर अहिले मूल्य बढ्न सकेको छैन। जुन मूल्य इतिहासकै सस्तो हो। 

काठमाडौं- दोस्रो बजारको ब्लुचिप कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा पछिल्लो समय लगानीकर्ताको खासै आकर्षण देखिँदैन।

कुनै समय ३ हजार रुपैयाँ पुगेको कम्पनीको सेयर मूल्य ६५३ रुपैयाँमा झरेको छ। इन्स्योरेन्स कम्पनी मध्ये अझै पनि अब्बल रहेको कम्पनीको सेयर मूल्य अन्डरभ्यालु भएको छ। जुन सेयर खरिद गरेर होल्ड गर्न सक्नेले आगमी बुलमा मनग्ये कमाउन सक्ने छन्। 

बीमा कम्पनीहरूमध्ये सर्वाधिक पुँजी तथा बजार हिस्सा रहेको नेपाल लाइफलाई चुक्ता पुँजीको पनि दबाब छैन।

सेयर बजार १२०० अंकमा आइपुग्दा समेत नेपाल लाइफको सेयर मूल्य ९०० भन्दा तल झरेको थिएन। समग्र सेयर बजार ३२०० मा पुग्दा नेपाल लाइफको सेयर मूल्य ३००० सम्म पुगेको थियो। तर अहिले मूल्य बढ्न सकेको छैन। जुन मूल्य इतिहासकै सस्तो हो। 

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३६ अर्ब ६२ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३४ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३५ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६७ करोड ४४ लाख रुपैयाँ धनात्मक भएको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८४ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ९०.५५ गुणा रहेको छ।

८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ६४ करोड ९७ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको जीवन बीमा कोषमा १ खर्ब ६३ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ भने महाविपत्ती कोषमा ८९ करोड ६६ लाख रुपैयाँ सञ्चित छ।


प्रकाशित : शुक्रबार, कात्तिक १० २०८०००:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend