आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

कति आउला हिमालयन डिष्टिलरी लिमिटेडको लाभांश?

बुधबार, कात्तिक ८ २०८०
कति आउला हिमालयन डिष्टिलरी लिमिटेडको लाभांश?

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.४३ प्रतिशत कम हो।  गतवर्ष कम्पनीको खुद नाफा ३७.५४ प्रतिशत घटेर ६६ करोड १ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्बभन्दा बढी खुद नाफा कमाएको थियो।

काठमाडौं- हिमालयन डिष्टिलरी लिमिटेडको गतवर्ष बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षमा भन्दा घटेको थियो। जसका कारण लाभांश घट्ने हो कि भन्ने चिन्ता लगानीकर्तामा रहेको छ।

तर निरास नबनाउनेगरी नै लाभांश दिने तयारी कम्पनीले गरेको छ। कम्पनीले गतवर्ष पनि ७० प्रतिशत लाभांश दिएको थियो।

यो वर्ष पनि ७० प्रतिशतकै हाराहारीमा लाभांश दिने तयारीमा कम्पनी रहेको छ। विगतका वर्षहरुमा १०० प्रतिशत लाभांश कम्पनीले दिँदै आएको थियो। 

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६ अर्ब ३८ करोड ९९ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.४३ प्रतिशत कम हो। गतवर्ष कम्पनीको खुद नाफा ३७.५४ प्रतिशत घटेर ६६ करोड १ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्बभन्दा बढी खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ४४ पैसा घटेर २७ रुपेयाँ १७ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८२.७४ गुणा रहेको छ।

२ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ९२ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको जगेडा कोष समीक्षा अवधिमा ३०.३८ प्रतिशत घटेको हो।

प्रकाशित : बुधबार, कात्तिक ८ २०८००७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend