काठमाडौं- उद्योग विनोद चौधरी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्विरोध भएका छन्।
चौधरी नवलपुर क्षेत्र नम्बर १ बाट सर्वसम्मत भएका हुन्।
चौधरी अहिले पनि नेपाली कांग्रेसका सांसद छन्। २०७४ सालको निर्वाचनबाट समानुपातिकबाट सांसद बनेका थिए।
त्यसअघि चौधरी नेकपा एमाले निकट थिए। २०७४ सालमै नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका चौधरी १४ औँ महाधिवेशनका लागि प्रतिनिधिमा सर्वसम्मत भएका हुन्।
नेपाली कांग्रेसको पार्टी राजनीतिमा पनि सक्रिय रहेका चौधरी केन्द्रीय समितिमै प्रतिस्पर्धा गर्ने तयारीमा छन्।