आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

हिमालयन रि इन्स्योरेन्स सहित दसैँ लगत्तै आँउदैछन् झण्डै ८ अर्बको आईपीओ, कुन कम्पनीको कति?

मंगलबार, कात्तिक ७ २०८०
हिमालयन रि इन्स्योरेन्स सहित दसैँ लगत्तै आँउदैछन् झण्डै ८ अर्बको आईपीओ, कुन कम्पनीको कति?

नेपाल धितोपत्र बोर्डका अनुसार ८ अर्ब भन्दा बढीको साधारण सेयर आईपीओ आउने तयारीमा रहेको छ।  दसैँ लगत्तै पाँच कम्पनीको आईपीओ आउने भएका छन्।

काठमाडौं- नेपाल धितोपत्र बोर्डका अनुसार ८ अर्बभन्दा बढीको साधारण सेयर आईपीओ आउने तयारीमा रहेको छ।  दसैँ लगत्तै पाँच कम्पनीको आईपीओ आउने भएका छन्।

बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाइसकेका यी पाँच कम्पनीले दसैँलगत्तै सर्आवसाधारणमा ईपीओ जारी गर्ने भएका हुन्।

अहिले भिजन लुम्बिनी उर्जा, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेरहाउजिङ कम्पनी, हिमालयन रि इन्स्योरेन्स र सर्वोत्तम सिमेन्टले धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन्।

यी मध्ये भिजन लुम्बिनी उर्जाले सर्वसाधारणमा दसैँलगत्तै आईपीओ जारी गर्ने गरी सूचना निकालेको छ। कम्पनीले कात्तिक १६ गतेदेखि सर्बसाधारणमा आईपीओ जारी गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

यसैगरी सर्सिवोत्तम मेन्टले पनि दसैँलगत्तै सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ। सिमेन्टले बुक विल्डिङको माध्यमबाट २४ लाख कित्ता सेयर बिक्री गर्ने तयारी गरेको हो।

हिमालयन रि इन्स्योरेन्सले ६ अर्ब २४ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न गर्ने अनुमति पाइसकेको छ। उसले ३ करोड कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो।

यसैगरी मुक्तिनाथ कृषि कम्पनीले १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आईपीओ जारी गर्न लागेको छ। नेपाल वेरहाउजिङ कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ।

दसैँपछि नै यी पाँच कम्पनीले झण्डै ८ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्दै छन्। लगानीकर्ताले दसैँको दक्षिणा जोगाएर यी कम्पनीको आईपीओमा लगानी गर्न सक्नेछन्।


प्रकाशित : मंगलबार, कात्तिक ७ २०८००२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend