आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

नेपाल राष्ट्र बैंकले गर्‍यो ६ वाणिज्य बैंकलाई कारबाही 

शुक्रबार, कात्तिक ३ २०८०
नेपाल राष्ट्र बैंकले गर्‍यो ६ वाणिज्य बैंकलाई कारबाही 

लक्ष्मी सनराइज बैंकलाई सम्पत्ति शुद्धिकरण सम्वन्धी ऐन उल्लंघन गरेकाले ७० लाख रुपैयाँ जरिवान गराएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले ६ वाणिज्य बैंकलाई काराबाही गरेको छ। राष्ट्र बैंकको सुपरिवेक्षण विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकले तोकेको मापदण्ड उल्लंघन गर्ने बैंकहरुलाई जरिबाना गराएको छ।

लक्ष्मी सनराइज बैंकलाई सम्पत्ति शुद्धीकरण सम्वन्धी ऐन उल्लंघन गरेकाले ७० लाख रुपैयाँ जरिवान गराएको छ। हिमालयन बैंकले कर्जा निक्षेप अनुपात कायम नगरेकाले १ करोड ६७ लाख रुपैयाँ जरिवाना गराएको छ।

यस्तै एनएमबि बैंकले ब्याज अनुदान सम्वन्धी एकीकृत कार्यविधि २०७५ विपरित व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा भनी अन्य प्रयोजनमा कर्जा प्रवाह गरेकाले सचेत गराएको छ।

एनआईसी एसिया बैंकले प्रिमियम बापत बढी लिएको ब्याजदर फिर्ता नगरेकाले राष्ट्र बैंकले सचेत गराएको छ।

५ प्रतिशतभन्दा बढी प्रिमियम लिने बैंक तथा वित्तीय संस्थालाई बढी लिएको प्रिमियम फिर्ता गर्न राष्ट्र बैंकले जारी गरेको निर्देशनको उल्लंघन गरेको नेपाल राष्ट्र बैंकले ठहर गरेको छ। यस्तै यस बैंकले क्यापिट एड्युकेसी फ्रेमवर्क विपरित कर्जाको जोमि भार कम प्रदान गरी गतल रिपोर्टिङ गरेको र राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशनको बुँदा नम्बर ८ समेत उल्लेख गरेकाले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको छ।

यस्तै राष्ट्र बैंकले नविल बैंकलाई नियमित ब्याज र पेनाल असुलीसँगै बैंकको कोर प्रणालीमा राखी कर्जामा अतिरिक्त प्रिमियम स्वरुप १.५ प्रतिशत असुल गरेको, क्यापिट एड्यकेसी फ्रेमवर्क, २०१५ विपरित प्रिमियम बढाएको, ऋणीहरुसँग त्रैमासिक रुपमा लोन एडमिनिष्ट्रेसन फी लिने गरेको र संस्थागत मुद्दती निक्षेपमा ग्राहकहरुलाई प्रकाशित ब्याजदर भन्दा कम ब्याजमा उपलव्ध गराएकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।

राष्ट्र बैंकले सिटिन्स बैंकलाई पनि सचेत गराएको छ। राष्ट्र बैंकको निर्देशननुसार कर्जा सापट वर्गिकरण गरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एड्युकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको तथा प्रिमियम दरमा निर्देशन विपरित पटक पटक ब्याजदर बृद्धि गरेकाले बैंकलाई सचेत गराएको छ।


प्रकाशित : शुक्रबार, कात्तिक ३ २०८०१०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend