शुक्रबार, असोज ४ गते २०८१    
images
images

यही वर्षदेखि घरमै उद्योग दर्ताको प्रमाण पत्र

images
सोमबार, मंसिर ६ २०७८
images
images
यही वर्षदेखि घरमै उद्योग दर्ताको प्रमाण पत्र

उद्योग विभागले चालू आर्थिक वर्ष २०७८/०७९ को असाार मसान्त भित्रमा घरबाटै उद्योग दर्ता गर्ने पाउने गरी काम सुरु भएको जनाएको छ।

images
images

काठमाडौं- उद्योग विभागले चालु वर्षदेखि औद्योगिक प्रशासनलाई पूर्ण स्वचालित बनाउने भएको छ। 

images
images
images

विभागबाट प्रवाह हुने सेवा अनलाइन माध्यमबाट दिइने विभागले जानकारी दिएको छ। यही आर्थिक वर्षको अन्त्यसम्म पूर्ण रुपमा अनलाइन प्रणाली लागू गरिने विभागका महानिर्देशक जीवलाल भुसालले जानकारी दिए। 

उद्योग दर्तादेखि प्रमाणपत्रसम्मको काम घर/अफिसबाटै गर्न सकिने प्रणाली लागू गर्न लागिएको उनले जानकारी दिए। 

उद्योग विभागले चालू आर्थिक वर्ष २०७८/०७९ को असाार मसान्त भित्रमा घरबाटै उद्योग दर्ता गर्ने पाउने गरी काम सुरु भएको जनाएको छ।

images

उद्योग विभागका महानिर्देशक भुसालले असार मसान्तसम्ममा घरबाटै उद्योग दर्ता गर्ने र दर्ताको प्रमाण पत्र घरमै पुराउने गरी काम अगाडि बढाएको बताए।

विभागले साढे १ करोड रुपैयाँ खर्चमा प्रणाली विकास गरिरहेको छ। अहिले प्रणालीको विकास भइरहेको र छिटै केही महाशाखामा सुरु गरिने उनले जानकारी दिए। 

यो प्रणाली सुरु भएपछि उद्योग दर्ता गर्न खोज्ने लगानीकर्ताले अनलाइनबाटै उद्योग दर्ताको प्रक्रिया सुरु गर्नसक्छन्।  विभागले आवश्यक प्रक्रिया र कागजातको सूची त्यही राखिदिन्छ। त्यो सबै प्रक्रिया पूरा गरेर विभागको पोर्टलमा आवेदन दिनसक्छन्। यसरी दिएपछि विभागले प्रक्रियामा लिन्छ। 

प्रक्रिया सबै पूरा भएपछि दर्ता हुन्छ। दर्ता भएपछि प्रमाणपत्र जेनेरेट हुन्छ। डिजिटल सिग्नेचर लागू नहुँदासम्म त्यसरी जेनेरेट भएको प्रमाणपत्र प्रिन्ट गरी विभागले घर/अफिससम्मै प्रमाणपत्र पुर्‍याउने भुसालले जानकारी दिए। 


प्रकाशित : सोमबार, मंसिर ६ २०७८०८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend