आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

११ यातायात व्यवस्था कार्यालयमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको क्यूआर भुक्तानी सुविधा

बिहीबार , कात्तिक २ २०८०
११ यातायात व्यवस्था कार्यालयमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको क्यूआर भुक्तानी सुविधा

क्यूआर कोड प्रणालीबाट राजस्व संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगदरहित कारोबारमा टेवा पुग्ने बैंकको विश्वास छ।

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले देशका विभिन्न क्षेत्रहरुमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयमा क्यूआर कोडमार्फत राजस्व भुक्तानी गर्नसक्ने सुविधा मिलाएको छ। 

यस सुविधाले यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमी आई सेवाग्राहीले भुक्तानीका लागि लाइन बस्नुपर्ने झन्झटको अन्त्य गर्ने विश्वास बैंकले लिएको छ।

क्यूआर कोड प्रणालीबाट राजस्व संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगदरहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ।

हाल यो सुविधा यातायात व्यवस्था कार्यालयहरु विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठूलोभर्‍याङ, सानोभर्‍याङ, नारायणगढ, महेन्द्रनगरबाट सुरु गरिएको बैंकका सूचना अधिकारी विजेन्द्र सुवालले जानकारी दिए।  

बैंकले २६० शाखा, २५७ एटीएम, ६३ एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरुलाई सेवा दिइरहेको छ।


प्रकाशित : बिहीबार , कात्तिक २ २०८०१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend