शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

१६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण हुने

images
बिहीबार , कात्तिक २ २०८०
images
images
१६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण हुने
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले १६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।

images
images

८ अर्ब रुपैयाँ बराबरको २८ दिने, ४९ करोड रुपैयाँ ९१ दिने, १ सय ८२ दिने ६ अर्ब रुपैयाँ र ३ सय ६४ दिने २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको छ।

images
images

दसैँ बिदाका कारण उक्त ट्रेजरी बिल आगामी कार्तिक १० गते जारी हुने छ। असोज २९ गते भएको बोलकबोलअनुसार ९१ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ।

images
images
images

यस्तै १ सय ८२ दिने ट्रेजरी बिलको ब्याजदर ५.१२ प्रतिशत र ३ सय ६४ दिने ट्रेजरी बिलको ब्याजदर ५.७८ प्रतिशत कायम भएको छ।


प्रकाशित : बिहीबार , कात्तिक २ २०८००६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend