आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

१६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण हुने

बिहीबार , कात्तिक २ २०८०
१६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण हुने

काठमाडौं- नेपाल राष्ट्र बैंकले १६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।

८ अर्ब रुपैयाँ बराबरको २८ दिने, ४९ करोड रुपैयाँ ९१ दिने, १ सय ८२ दिने ६ अर्ब रुपैयाँ र ३ सय ६४ दिने २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको छ।

दसैँ बिदाका कारण उक्त ट्रेजरी बिल आगामी कार्तिक १० गते जारी हुने छ। असोज २९ गते भएको बोलकबोलअनुसार ९१ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ।

यस्तै १ सय ८२ दिने ट्रेजरी बिलको ब्याजदर ५.१२ प्रतिशत र ३ सय ६४ दिने ट्रेजरी बिलको ब्याजदर ५.७८ प्रतिशत कायम भएको छ।


प्रकाशित : बिहीबार , कात्तिक २ २०८००६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend