आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सेयर बजार बढाउन भन्दै धितोपत्र बोर्डले घटायो ब्रोकर कमिसन 

बुधबार, कात्तिक १ २०८०
सेयर बजार बढाउन भन्दै धितोपत्र बोर्डले घटायो ब्रोकर कमिसन 

निरन्तररुपमा घटिरहेको सेयर बजारको मनोबल उकास्न ब्रोकर कमिसन र नेप्से चार्ज घटाउने निर्णय गरिएको बोर्डका एक सञ्चालकले बताए।

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर कमिसन र नेपाल स्टक एक्सचेन्ज नेप्सेको चार्ज १० प्रतिशतले घटाउने निर्णय गरेको छ। बोर्डको आज बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो।

हाल ५० हजारसम्म कारोबार गर्दा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबार गर्दा ०.३७ प्रतिशत, ५ देखि २० लाखसम्म ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्म कारोबार गर्दा ०.३० प्रतिशत र १ करोडभन्दा धेरैको कारोबार गर्दा ०.२७ प्रतिशत कमिसन लाग्दै ब्रोकर कमिसन लाग्दै आएकोमा अब सबैमा १० प्रतिशतले घटाउने निर्णय बोर्डले गरको हो।

यस्तै नेप्सले ५० हजारसम्म कारोबार गर्दा ०.६ प्रतिशत, ५० हजारमाथि ५ लाखसम्म ०.५५ प्रतिशत, ५ लाखमाथि २० लाखसम्म ०.५ प्रतिशत, २० लाखमाथि १ करोडसम्म ०.५ प्रतिशत र १ करोडमाथि कारोबार गर्दा ०.४ प्रतिशतका दरले लिने शुल्कहरु पनि १० प्रतिशतले घटाउने निर्णय बोर्ड बैठकले गरेको छ।

निरन्तररुपमा घटिरहेको सेयर बजारको मनोबल उकास्न ब्रोकर कमिसन र नेप्से चार्ज घटाउने निर्णय गरिएको बोर्डका एक सञ्चालकले बताए। 'निरन्तररुमा घटिरहेको सेयर बजारको मनोबल बढाउनका लागि धितोपत्र बोर्ड बैठकले ब्रोकर कसिसन र नेप्से चार्ज घटाउने निर्णय गरेको छ', ती सञ्चालकले भने। 

उक्त निर्णयले पछिल्लो समय थपिएका २५ नयाँ ब्रोकर कम्पनीलाई पनि सहयोग पुग्ने भन्दै बोर्ड बैठकबाट उक्त निर्णय गरिएको उनको भनाई छ। कमिसन घटाउने निर्णय गरेर सहमतिका लागि अर्थ मन्त्रालय पठाएको छ। अर्थ मन्त्रालयले सहमति दिएपछि ब्रोकर कमिसन घट्ने उनले बताए।


प्रकाशित : बुधबार, कात्तिक १ २०८००८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend