शुक्रबार, असोज ४ गते २०८१    
images
images

इच्छाराजको तामाङको सीटीसी मल सञ्चयकोषले लिलाम गर्ने

images
सोमबार, मंसिर ६ २०७८
images
images
इच्छाराजको तामाङको सीटीसी मल सञ्चयकोषले लिलाम गर्ने

दीर्घकालीन कर्जा लिँदा काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित कित्ता नम्बर २४२४ को ६ रोपनी जग्गा र त्यहाँ निर्माण भएको १३२ इकाई पसल तथा कलवहरु राखेको थियो।

images
images

काठमाडौं- सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले कर्मचारी सञ्चयकोषले ऋण नतिरेपछि सुन्धाराको सीटीसी मल लिलाम गर्ने प्रक्रिया अगाडि बढाएको छ।

images
images
images

सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका निक्षेपकर्तालाई संगठित रुपमा ठगि गरेको आरोपमा हिरासतमा रहेका सिभिल ग्रुपका तामाङ कारागारमा छन्। कर्मचारी सञ्चय कोषले सिभिल इन्टेट्स प्रालिले लिएको ऋण रकम ३५ दिनभित्र भुक्तानी गर्न भन्दै सूचना निकालेको छ।

सिभिल इन्टेट्सले दीर्घकालीन कर्जा लिँदा काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित कित्ता नम्बर २४२४ को ६ रोपनी जग्गा र त्यहाँ निर्माण भएको १३२ इकाई पसल तथा कलवहरु राखेको थियो। ३५ दिनभित्र ऋण नतिरेमा सबै कोषले लिलामी गर्ने भएको छ।

इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखियाले लिएको ऋणका भाखा नाघेको ऋणको सावा र ब्याज रकम ताकेता गर्दा पनि तिर्न नआएको भन्दै ३५ दिन भित्र ऋण रकम भुक्तानी गर्न सूचना निकालेको छ। 

images

३५ दिनभित्र कोषको तिर्न बुझाउन बाँकी रकम, त्यसमा लाग्ने ब्याज र हर्जना ब्याज तथा लाग्ने अन्य रकमसमेत चुक्ता वा नियमित भुक्तानी गर्न भनेको छ। ३५ दिनभित्र भुक्तानी नगरेको खण्डमा चल, अचल सम्पती कोषले कब्जा रलिलाम बिक्री गरी वा अन्य कारबाही गरी असुल उपर गर्ने बताएको छ। 

karmachari-kosh.jpg

 


प्रकाशित : सोमबार, मंसिर ६ २०७८०६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend