आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सर्वोत्तम सिमेन्टले पायो बुक बिल्डिङमार्फत सेयर निष्कासन गर्ने अनुमति

मंगलबार, असोज ३० २०८०
सर्वोत्तम सिमेन्टले पायो बुक बिल्डिङमार्फत सेयर निष्कासन गर्ने अनुमति

सर्वोत्तम सिमेन्टले पहिलो चरणमा २४ लाख कित्ता सेयर निष्कासन गर्नेछ।

काठमाडौं- सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रियाबाट सेयर निष्कासन गर्न अनुमति पाएको छ। धितोपत्र बोर्डले सर्वोत्तमलाई बुक बिल्डिङ प्रक्रियाबाट सेयर निष्कासनको अनुमति दिएको हो। 

बोर्डले सर्वोत्तमलाई प्रतिकित्ता ४ सय १ रूपैयाँका दरले निष्कासन गर्न अनुमति दिएको हो। कम्पनीले पहिलो चरणमा संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गर्ने अनुमति पाएको छ।

सर्वोत्तमले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्न बोर्डमा २०७९ असार २८ गते निवेदन दिएको थियो।

सर्वोत्तम सिमेन्टले पहिलो चरणमा २४ लाख कित्ता सेयर निष्कासन गर्नेछ।

सर्वोत्तम सिमेन्टको सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।


प्रकाशित : मंगलबार, असोज ३० २०८०१३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend