आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

मंगलबार १३ अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने एक अर्बमा सीमित

मंगलबार, असोज ३० २०८०
मंगलबार १३ अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने एक अर्बमा सीमित

काठमाडौं- यो साता पहिलो कारोबारमा २३ अंकले घटेको सेयर बजार दोस्रो कारोबारमा भने वृद्धितर्फ उक्लिएको छ। 

सोमबार २३.१६ अंकले घटेर १८५१.४३ बिन्दुमा ओर्लिएको बजार मंगलबार १३.१८ अंकले बढेर १८६४.६२ बिन्दुमा पुगेको छ।

मंगलबार एक सय ७३ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा एक अर्ब ८४ लाख ३७ हजार रूपैयाँको कारोबार भएको छ। आज ५७ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर छ। 

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति र तरलता अभावसँगै बजार गिरावटतिर लाग्यो। उच्च बिन्दुको यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ। 

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न सकेको छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : मंगलबार, असोज ३० २०८००९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend