काठमाडौं- एभरेष्ट बैंकले बोनस सेयर र नगद लाभांश पारित गरेको छ। बैंकको आज सम्पन्न २९औँ वार्षिक साधारणसभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
साधारणसभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ।
बैंकले प्रस्तावित बोनस सेयर वितरण भएपश्चात् हालको जारी र चुक्ता पुँजी वृद्धि हुने भएकाले जारी र चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ।
बैंकको साधारण सभाले आव २०८०/८१ का लागि एन. अमात्य एण्ड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय पनि सर्वसम्मतिबाट पारित गरेको छ।