आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

भदौमा भित्रियो १ खर्ब १२ अर्ब रेमिट्यान्स, २८.३ प्रतिशतले घट्यो श्रम स्वीकृति लिनेको संख्या 

मंगलबार, असोज ३० २०८०
भदौमा भित्रियो १ खर्ब १२ अर्ब रेमिट्यान्स, २८.३ प्रतिशतले घट्यो श्रम स्वीकृति लिनेको संख्या 

साउन र भदौ महिनामा गरेर कुल २ खर्ब २८ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ।

काठमाडौं- चालु आर्थिक वर्षको भदौ महिनामा १ खर्ब १२ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

साउनमा १ खर्ब १६ अर्ब रूपैयाँ भित्रिएको थियो। साउनको तुलनामा भदौमा रेमिट्यान्स ४ अर्ब रूपैयाँले घटेको छ।

साउन र भदौ महिनामा गरेर कुल २ खर्ब २८ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। तर, यस अवधिमा रेमिट्यान्स बढे पनि वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने २८.३ प्रतिशतले घटेको छ।

यस अवधिमा ७४ हजार ४४५ श्रमिकले श्रम स्वीकृति लिएका छन्।

यस्तै समीक्षा अवधिमा पुन:श्रम स्वीकृति लिनेको संख्या १८.३ प्रतिशतले घटेको छ। यस अवधिमा ३२ हजार नेपाली श्रमिकले पुन: श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो श्रम स्वीकृति लिनेको संख्या करिब ७१ प्रतिशतले घटेको थियो।


प्रकाशित : मंगलबार, असोज ३० २०८००८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend