आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

चालु खाता २३ अर्ब ५० करोडले बचतमा, सञ्चिति १०.३ महिनाको आयात धान्न पर्याप्त 

मंगलबार, असोज ३० २०८०
चालु खाता २३ अर्ब ५० करोडले बचतमा, सञ्चिति १०.३ महिनाको आयात धान्न पर्याप्त 

काठमाडौं- नेपाल राष्ट्र बैंकले भदौ महिनाको वित्तीय स्थिति सार्वजनिक गर्दै चालु खाता २३ अर्ब ५० करोडले बचतमा रहेको देखाएको छ। भदौमा आयात गत वर्षको सोही अवधिको तुलनामा ५.१ प्रतिशत र निर्यात ७.८ प्रतिशतले घटेकाले चालु खाता बचतमा देखिएको हो।

यस अवधिमा विप्रेषण गत वर्षको तुलनामा नेपाली मुद्रामा २२.१ प्रतिशत र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेकाले चालु खाता बचतमा देखिएको हो। भदौ महिनासम्ममा विप्रेषण आप्रवाह २ खर्ब २८ अर्ब रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको छ।

गत आर्थिक वर्षको समीक्षा अवधिमा चालु खाता ३६ अर्ब ८४ करोडले घाटामा थियो। चालु खातामा देखिएको बचतसँगै मुलुकको शोधनान्तर स्थिति पनि ५३ अर्ब ६१ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको यसै अवधिमा चालु खाता २० अर्ब ८१ करोडले घाटामा थियो।

चालु खाता र शोधनान्तर स्थिति बचतमा भएकाले विदेशी मुद्रा सञ्चितिले १०.३ महिनाको वस्तु तथा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा नेपालसँग १२ अर्ब १ करोड डलर विदेशी मुद्राको सञ्चिति रहेको छ।

नेपाली मुद्रामा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब रहेको छ। विदेशी मुद्राको सञ्चिति गत वर्षको सोही अवधिको तुलनामा नेपाली मुद्रामा ३.९ प्रतिशत र डलरमा २.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : मंगलबार, असोज ३० २०८००७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend