काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा २ रोपनी जग्गा खरिद गर्ने भएको छ। कम्पनीले सूचना प्रकाशन गरेर ८ मिटर चौडा सडकमा २ रोपनी जग्गा आवस्यक रहेको जनाएको छ।
पोखराको नयाँ सडक, नयाँ बजार,लेकसाइड, पृथ्वी चोक आसपासमा उक्त जग्गा खरिद गर्न लागेको जनाएको छ। कम्पनीले पोखरामा प्रदेश कार्यालय स्थापना गर्नका लागि जग्गा खरिदगर्न लागेको हो। खरिदपछि आफ्नै भवन निर्माण गर्ने छ।