शुक्रबार, असोज ४ गते २०८१    
images
images

इन्भेष्टमेन्ट बैंकले बोलायो साधारणसभा, सेयरधनीको खातामा लाभांश कहिले?

images
सोमबार, मंसिर ६ २०७८
images
images
इन्भेष्टमेन्ट बैंकले बोलायो साधारणसभा, सेयरधनीको खातामा लाभांश कहिले?

नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई लाभांश दिनका लागि मंसिर १७ गते साधारणसभा बोलाएको छ।

images
images

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई लाभांश दिनका लागि मंसिर १७ गते साधारणसभा बोलाएको छ। हिमालयन बैंकसंग मर्जरको अन्तिम अवस्थामा रहेको बैंकको सम्भवत एकिकरण हुनुभन्दा अगाडिको अन्तिम साधारणसभा हुनेछ।

images
images
images

कले गत वर्षको नाफा ३.३८ प्रतिशत नगद  र १२.६१ प्रतिशत बोनस सेयर लाभांश दिने छ। अहिले बैंकको चुक्ता पुँजी १६ अर्ब २५ करोड रुपैयाँ छ। जगेडा कोषमा १४ अर्ब २० करोड रुपैयाँ छ।

प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेको तलव समेत साधारणसभाले निर्धारणगर्ने छ। एक वर्षमा ३ करोड ६ लाख रुपैयाँ तलब भत्ता बुझेका छन्।

सभामा प्रस्तुत गर्न लागेको वार्षिक प्रतिवेदन अनुसार,  पाण्डेले तलबबापत एक करोड ६० लाख ७६ हजार रुपैयाँ बुझेका छन्। भत्ता बापत एक करोड ७ लाख १७ हजार, दसैं भत्ता २२ लाख ३३ हजार, सञ्चय कोष सुविधा १६ लाख ८ हजार रुपैयाँ बुझेका हुन्। 

images

बैंकको कर्मचारी खर्च एक अर्ब ७० करोड ८१ लाख रुपैयाँ पुगेको छ। सञ्चालन खर्च १ अर्ब १२ करोड ५७ करोड रुपैयाँ छ। बैंक उच्च व्यवस्थापनले २४ करोड ७४ लाख ३७ हजार रुपैयाँ तलब भत्ता बुझेका छन्। 


प्रकाशित : सोमबार, मंसिर ६ २०७८०४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend