बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

सोमबार २३ अंकले घट्यो सेयर बजार, एक अर्ब २५ करोडको कारोबार

images
सोमबार, असोज २९ २०८०
images
सोमबार २३ अंकले घट्यो सेयर बजार, एक अर्ब २५ करोडको कारोबार

सोमबार २३.१६ अंकले घटेर १८५१.४३ बिन्दुमा पुगेको बजारमा एक अर्ब २५ करोड ३२ लाख रूपैयाँको कारोबार भएको छ।

images
images

काठमाडौं- निरन्तर उतारचढावमा रहेको सेयर बजार यो साताको पहिलो कारोबारमा पनि ओरालो लागेको छ। अघिल्लो साता ८२.३१ अंकले घटेको बजार यो साता पनि बढ्न सकेन।

images
images
images

सोमबार २३.१६ अंकले घटेर बजार १८५१.४३ बिन्दुमा पुगेको छ। २२ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा एक अर्ब २५ करोड ३२ लाख रूपैयाँको कारोबार भएको छ। आज २ सय ११ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको भने स्थिर रह्यो।

images
images

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।

images
images

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति र तरलता अभावसँगै बजार गिरावटतिर लाग्यो। उच्च बिन्दुको यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ। 

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न सकेको छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : सोमबार, असोज २९ २०८००९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend