शुक्रबार, असोज ४ गते २०८१    
images
images

एमसीसीको विषयमा गठबन्धनले निर्णय गर्छ : अर्थमन्त्री शर्मा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर ५ २०७८
images
images
एमसीसीको विषयमा गठबन्धनले निर्णय गर्छ : अर्थमन्त्री शर्मा

'यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ। सरकारमा पनि छलफल जारी छ'

images
images

चितवन- अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताएका छन्। पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धनको सरकार भएकाले उसैको निर्णयानुसार चल्ने बताएका हुन्। 
 
'यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ। सरकारमा पनि छलफल जारी छ' उनले भने। देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै उनले हरेक निर्णय गठबन्धनबाटै हुने बताए। अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको उनले बताए। 

images
images
images

फरक प्रसङ्गमा बोल्दै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताए। धुर्मुस सुन्तली फाउन्डेसनले साहसिक कदम अघि बढाएको भन्दै उनले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए।

'थोरै लगानीमा पनि अब मैदान खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु। मैले उहाँहरुलाई निराश नहुनुस् अघि बढ्नुस भनेको छु' उनले भने।


प्रकाशित : आइतबार, मंसिर ५ २०७८१२:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend