आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सिटिजन्स बैंकले पारित गर्‍यो ५.७९ प्रतिशत लाभांश

शुक्रबार, असोज २६ २०८०
सिटिजन्स बैंकले पारित गर्‍यो ५.७९ प्रतिशत लाभांश

गत आर्थिक वर्ष १ खर्ब ८३ अर्ब रुपैयाँ खुद नाफा गरेको यस बैंकको कुल चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको छ।

काठमाडौं- सिटिजन्स इन्टरनेशलन बैंकको शुक्रबार बसेको साधारणसभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

बैंकको संचालक समिति बैंठ्कले असोज ५ गते नगद लाभांश दिने प्रस्ताव गर्दै असोज २६ लाई साधारणसभाको मिति तोकेको थियो।

साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसमेत) दिने प्रस्ताव पारित गरेको हो।

गत आर्थिक वर्ष १ खर्ब ८३ अर्ब रुपैयाँ खुद नाफा गरेको यस बैंकको कुल चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको छ।

यस्तै बैंकको साधारणसभाले बैंकको संचालक समिति अध्यक्षमा प्रवलजंग पाण्डलाई नियुक्ति गरेको छ। यस्तै विशेष प्रस्तावको रुपमा बैंकले मर्जर प्रक्रियामा जान उपयुक्त साझेदार खोजी गर्ने समेत पारित गरेको छ।


प्रकाशित : शुक्रबार, असोज २६ २०८०१०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend