आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे

शुक्रबार, असोज २६ २०८०
सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे

अध्यक्ष पाण्डेले इिन्जनियरिङ संकायमा स्नातक गरेका छन् भने दुई दशकभन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापारमा सक्रिय सहभागी छन्।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनलको शुक्रबार सम्पन्न १७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले प्रवलजंग पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।

बैंकका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन्। अध्यक्ष चयनपछि उनले बैंकलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिवद्धता जनाएका छन्। उनले बैंकको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै नयाँ प्रविधिमा आधारित बैंकिङलाई प्राथमिकतामा राख्‍ने र सेवा बिस्तार गर्ने बताए।

१७औं वार्षिक साधारणसभा असोज २६ (शुक्रबार) बिहान ११ बजे सुरु भएर २ बजे सकिएको थियो। नवनिर्वाचित अध्यक्ष पाण्डे यसअघि सिटिजन्सकै सञ्चालक थिए।

यसअघिका अध्यक्ष राजनसिंह भन्डारीको कार्यकाल समाप्त भएपछि सञ्चालक समितिले पाण्डेलाई आगामी चार वर्षका लागि चयन गरेको हो।

अध्यक्ष पाण्डे बैंक सञ्चालक समिति सदस्य हुँदा मर्जर तथा एक्विजिसन समितिमा रहेर तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रियामा मुख्य भूमिका निभाएका थिए।

अध्यक्ष पाण्डेले इिन्जनियरिङ संकायमा स्नातक गरेका छन् भने दुई दशकभन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापारमा सक्रिय सहभागी छन्।

उनी नेपाल उद्योग वाणिज्य महासंघलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई नेतृत्वदायी भूमिका निभाइरहेका छन्। पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास बैंक सञ्चालक समितिको छ।

साधारण सभाले सजन शर्मा र सीता कार्की केसीलाई सञ्चालक चयन गरेको छ। सर्वसाधारणका तर्फबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की तथा स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली छन्।

साधारणसभाले ५.७९ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ भने उपयुक्त संस्थालाई गाभ्ने/गाभिने प्रकृया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय गरेको छ।

 

 


प्रकाशित : शुक्रबार, असोज २६ २०८००९:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend