आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

अनुमानभन्दा धेरै लागत प्रस्ताव आएपछि एमसीसीअन्तर्गत प्रसारणलाइनको ठेक्का रद्द

शुक्रबार, असोज २६ २०८०
अनुमानभन्दा धेरै लागत प्रस्ताव आएपछि एमसीसीअन्तर्गत प्रसारणलाइनको ठेक्का रद्द

परियोजना कार्यान्वयनको औपचारिक सुरुवात भएपछि खरिदसम्बन्धी कामले अनिश्चितता बढाउने देखिएको छ। सहायता परियोजना अन्तर्गत निर्माण हुने विद्युत प्रसारणलाइनको खरिदमा अस्वभाविक लागत प्रस्ताव भएपछि अर्थमन्त्रीले पनि रद्द गर्नुपर्ने राय दिएका थिए। 

काठमाडौं- अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत निर्माण हुने प्रसारणलाइन आयोजनाका टेन्डर रद्द भएका छन्। एमसीए नेपालले आह्वान गरेका तीनवटै लटका ठेक्का रद्द गरेको हो। 

अनुमानभन्दा ६३ प्रतिशत धेरै प्रस्ताव परेपछि एमसीएले एमसीसीमा पठाइएको थियो। एमसीसीको सुझाव अनुसार नै एमसीए नेपालले रद्द गरेको हो। 

परियोजना कार्यान्वयनको औपचारिक सुरुवात भएपछि एक वर्षको समय लगाएर अन्तिम चरणमा पुगेको खरिद प्रक्रिया रद्द भएको हो। 

परियोजना कार्यान्वयनको औपचारिक सुरुवात भएपछि खरिदसम्बन्धी कामले अनिश्चितता बढाउने देखिएको छ। सहायता परियोजनाअन्तर्गत निर्माण हुने विद्युत प्रसारणलाइनको खरिदमा अस्वभाविक लागत प्रस्ताव भएपछि अर्थमन्त्रीले पनि रद्द गर्नुपर्ने राय दिएका थिए। 

परियोजना सञ्चालनका लागि बनेको एमसीए नेपालले आह्वान गरेको टेन्डरमा अनुमानभन्दा ६३ प्रतिशत बढीको प्रस्ताव परेको थियो। 

रातमाटे-दमौली र नयाँ बुटवल, लप्सिफेदी- रातोमाटे-नयाँ हेटौंडा र नयाँ दमौली- नयाँ बुटवल खण्डका लागि टेन्डर भएको थियो। कूल ३१२ किलोमिटर लामो प्रसारण लाइन ४ सय केभी क्षमताको हुनेछ। त्यसमा ८ सय ५६ टावर निर्माण हुनेछ। प्रसारण लाइन १० जिल्लाका ३० पालिका र ९२ वडा भएर जाने यो प्रसारलाइन परियोजनामा टेन्डरमा न्यून प्रस्ताव नै दोबरभन्दा बढी पुगेको छ। 

यो प्रसारणलाइन निर्माणका लागि एमसीएले २२ करोड डलर अनुमान गरेको थियो। जबकी एउटै खण्डमा २१ करोड डलरको प्रस्ताव न्यून रहेको थियो। 

लट १ मै सबैभन्दा न्यून प्रस्ताव नै १३  करोड १५ लाख डलरको प्रस्ताव परेको थियो।  त्यस्तै लट २ मा १० करोड ५४ लाख डलर छ भने लट ३ मा १२ करोड ९० लाख डलरको न्यून प्रस्ताव रहेको थियो। 

तीन लटमा परेका न्यून प्रस्तावको जोड्दा पनि ३६ करोड ५९ लाख डलर पुगेको थियो। यो भनेको अनुमानभन्दा ६३ प्रतिशत उच्च हो।अनुमानभन्दा ६३ प्रतिशत उच्च प्रस्ताव परेपछि खरिद प्रक्रिया नै अनिश्चयको भुमरीमा परेको छ।


प्रकाशित : शुक्रबार, असोज २६ २०८००७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend