शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

१० मेगावाटको सौर्य ऊर्जा निर्माण अन्तिम चरणमा, ७९ करोड ८० लाख लगानी

images
बिजनेस न्युज
images
images
१० मेगावाटको सौर्य ऊर्जा निर्माण अन्तिम चरणमा, ७९ करोड ८० लाख लगानी
फाइल तस्बिर

उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना एक वर्षअघि नै तयारी भइसकेको हो। परियोजनालाई सोलार टुरिजमको रुपमा विकास गर्ने लक्ष्य रहेको छ।

images
images

झापा- कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ। शिवसताक्षी नगरपालिका-४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौय ऊर्जा काम करिब ९० प्रतिशत पूरा भइसकेको छ।

images
images
images

चार वर्षअघि ७९ करोड ८० लाखको लगानीमा निर्माण सुरु भएको परियोजनामा हाल निर्माण गरिएका टेबुलमा प्यानल राख्ने काम धमाधम भइरहेको झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईले बताए। उनका अनुसार पहिलो चरणमा १० कन्टेनर सोलार प्यालन जडान हुनेछ। 

images

झिलभिले चोकबाट करिब ७ किलोमित्तर उत्तरमा २२ बिघा जमिनमा २२ हजार छ सय सोलार प्यानल जडान गरिने उनले जानकारी दिए। परियोजनामा पिलर र राफ्टर लगाउने कार्य डेढ महिनाअघि नै सकिएको छ। जसमा ३५ कन्टेनर सोलार प्लानल जडान हुनेछ। 

images

'यो नेपालकै ठूलो परियोजना हो, अब दुई महिनाभित्रमा सञ्चालन गर्ने तयारी छ', निर्देशक भट्टराईले भने, 'अब धमाधम प्यानल जडान गर्ने काम मात्र हो। चाँडै सक्छौँ।' सो परियोजना निर्माणका लागि माछापुच्छ्रे बैंकले ३५ करोड र सिभिल बैंकले २५ करोड गरी ६० करोड बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा २० करोड शेयरदाताबाट लगानी गरिएको उनको भनाइ छ। उनले जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने बताए।

images
images

विर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईले उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना एक वर्षअघि नै तयारी भइसकेको बताइन्। उनले परियोजनालाई सोलार टुरिजमको रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिइन्। 

ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उनले बताइन्। सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उनको भनाइ छ।

झापा क्षेत्र नम्बर ४ का संघीय सांसद लालबहादुर सावा अध्यक्ष रहेको झापा इनर्जीले जिल्लामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको उनको भनाइ छ। उनले नेपाल विद्युत् प्राधिकरणलाई यहाँ उत्पादित विद्युत् प्रतियुनिट ७.३० का दरले विक्री गर्ने गरी सम्झौता भइसकेको जानकारी दिइन्।  रासस

images

प्रकाशित : शुक्रबार, असोज २६ २०८००४:३७
प्रतिक्रिया दिनुहोस