आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सिद्धार्थ बैंकले ५९ करोड ३१ लाख रुपैयाँ नगद लाभांश दिने 

बिहीबार , असोज २५ २०८०
सिद्धार्थ बैंकले ५९ करोड ३१ लाख रुपैयाँ नगद लाभांश दिने 

काठमाडौं- सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट ५९ करोड ३१ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको वितरणयोग्य नाफा घटेपछि ४.२१ प्रतिशतमात्रै नगद लाभांश दिने घोषणा गरेको हो।

अघिल्लो आर्थिक वर्ष यस बैंकले १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १२.५ प्रतिशत बोनस सेयर रहेको थियो। 

सिद्धार्थ बैंकको हाल चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको छ। बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।


प्रकाशित : बिहीबार , असोज २५ २०८००५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend