आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

लगातार घटिरहेको सेयर बजार उतारचढावबीच थामियो, १ अर्ब ८ करोडको कारोबार

बुधबार, असोज २४ २०८०
लगातार घटिरहेको सेयर बजार उतारचढावबीच थामियो, १ अर्ब ८ करोडको कारोबार

काठमाडौं- यो साता लगातार तीन कारोबारमा ओरालो लागेको सेयर बजार चौथो दिन भने थामिएको छ। सेयर कर्जाको सीमा बढ्दा फाइदा पुग्ने र वृद्धितर्फ लाग्ने विश्लेषणविपरित बजार लगातार कमजोर देखिएको हो। 

बुधबार ५.१६ अंकको सामान्य वृद्धिसँगै बजार १८९४.७६ बिन्दुमा पुगेको छ। १३७ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ८ करोड ८५ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ। ८५ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

लामो समयदेखि उतारचढावमा रहिरहेको बजार यो साता तीन कारोबारमा नै ओरालोतर्फ लागेको थियो। आइतबार ३५.६७ अंकले घटेको बजार सोमबार १२.५८ अंकले घटेर थियो। मंगलबार १९.०६ अंकले घटेर बजार १८८९.५९ बिन्दुमा पुगेको थियो।

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।

गएको शुक्रबार राष्ट्र बैंकले सेयर कर्जाको सीमामा यसअघिको १२ करोडको सीमा हटाउँदै व्यक्तिगततर्फ १५ करोड र संस्थागत लगानीकर्ताका लागि २० करोडको सीमा तोकेको थियो। सेयर कर्जाको सीमा बढाउन वा हटाउन आइरहेको दबाबबीच गरिएको संशोधनले पनि बजारमा लगानीकर्ताहरू विश्वस्त देखिएका छैनन्। 


प्रकाशित : बुधबार, असोज २४ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend