काठमाडौं- प्रुडेन्सियल क्यापिटलले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।
नेपाल इन्स्योरेन्समा रहेको सेयर बिक्रीका लागि बोलकबोलको माध्यमबाट बिक्री गरिने भएको छ।
अहिलेका संस्थापकहरुलाई खरिदका लागि प्राथमिकता दिइने बताइएको छ।
सूचना प्रकाशित भएको ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर र मूल्य कबोल गरी एनआईबीएर एस क्यापिटलमा आवेदन दिनुपर्ने ५।
सेयरको न्यूनतम मूल्य चार सय रुपैयाँ राखिएको छ।