आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सेयर बजारमा लगातार गिरावट, अझै देखिएन सुधारको आधार

सोमबार, असोज २२ २०८०
सेयर बजारमा लगातार गिरावट, अझै देखिएन सुधारको आधार

काठमाडौं- यो साता लगातार दोस्रो कारोबारमा पनि सेयर बजार ओरालो लागेको छ। सेयर कर्जाको सीमा बढ्दा फाइदा पुग्ने र वृद्धितर्फ लाग्ने विश्लेषणविपरित आइतबार ३५ अंकले घटेको बजार सोमबार १२.५८ अंकले घट्यो। 

लामो समयदेखि उतारचढावमा रहिरहेको बजार यो साता दुई कारोबारमा नै ओरालोतर्फ लागेको हो। सोमबार १२.५८ अंकले घटेर बजार १९०८.६६ बिन्दुमा झरेको छ। ६६ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ। १५८ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको शुक्रबार राष्ट्र बैंकले सेयर कर्जाको सीमामा यसअघिको १२ करोडको सीमा हटाउँदै व्यक्तिगततर्फ १५ करोड र संस्थागत लगानीकर्ताका लागि २० करोडको सीमा तोकेको थियो। सेयर कर्जाको सीमा बढाउन वा हटाउन आइरहेको दबाबबीच गरिएको संशोधनले पनि बजारमा लगानीकर्ताहरू विश्वस्त देखिएका छैनन्। 

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।

 

 


प्रकाशित : सोमबार, असोज २२ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend