शुक्रबार, असोज ४ गते २०८१    
images
images

चिनियाँ धनाढ्य ज्याकमाले एक वर्षमा ३० अर्ब डलर  गुमाए 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर ४ २०७८
images
images
चिनियाँ धनाढ्य ज्याकमाले एक वर्षमा ३० अर्ब डलर  गुमाए 

उक्त घटनापछि सार्वजनिक कार्यक्रममा नदेखिएका ज्याक पछिल्लो समय युरोपमा देखिएका थिए। 

images
images

काठमाडौं- चिनियाँ अर्बपति व्यापारी ज्याकमाले गएको एक वर्षमा ३० अर्ब अमेरिकी डलर सम्पत्ति गुमाएका छन्। 

images
images
images

इकमर्स तथा टेक जायन्ट अलिबाबाका संस्थापक ज्याकले गएको एक वर्षमा ठूलो धनराशी गुमाएका छन्। 

अलिबाबाको सेयरको मूल्य निरन्तर घट्दै आएको छ। चिनियाँ सरकारले उक्त कम्पनीलाई एकाधिकार कायम गर्न खोजेको भन्दै गएको अप्रिलमा २ अर्ब डलर जरिवाना तिराएको थियो। 

नियमकीय हस्तक्षेप तथा चीनमा सुस्त आर्थिक गतिविधिका कारणले अलिबाबाको आम्दानी अपेक्षित नदेखिएपछि हालसम्मकै उच्च दरले कम्पनीको सेयर बिहीबार घटेको थियो। बिहीबार ११ प्रतिशतले घटेको सेयर मूल्य  शुक्रबार २ प्रतिशतले घटेको थियो। 

images

गएको एक वर्षमा कम्पनीको सेयर ४० प्रतिशतले घटेको र यसबाट ज्याकको सम्पत्ति ३० अर्ब डलरले घटेको फोर्ब्सले उल्लेख गरेको छ। अघिल्लो वर्ष ६६ अर्ब डलर बढी सम्पत्ति भएका ज्याकको यो वर्ष भने ३६ अर्बमात्र सम्पत्ति रहेको छ। 

चिनियाँ वित्तीय नियामकको आलोचना गरेपछि ज्याकले प्रबर्द्धन गरेका कम्पनीमाथि चीन सरकारले कडाइ गर्दै आएको छ। उनी सहसंस्थापक रहेको एन्ट ग्रुपको आईपीओ चिनियाँ सरकारले रद्द गराइदिएको थियो। 

उक्त घटनापछि सार्वजनिक कार्यक्रममा नदेखिएका ज्याक पछिल्लो समय युरोपमा देखिएका थिए। 

 


प्रकाशित : शनिबार, मंसिर ४ २०७८०९:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend