आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

अर्थमन्त्री महतले भने- निर्माण व्यवसायीको वक्यौता दसैँअघि नै भुक्तानी हुन्छ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १९ २०८०
अर्थमन्त्री महतले भने- निर्माण व्यवसायीको वक्यौता दसैँअघि नै भुक्तानी हुन्छ

चितवन- अर्थमन्त्री डा प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दसैँअघिनै गरिने बताएका छन्।

उनले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैँ अगाडि नै भुक्तानी हुने बताए। आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, 'असार मसान्तसम्ममा ६० देखि ७० अर्ब तिरिसकेका छौँ। अब छदेखि सात अर्ब जति बाँकी होला त्यो भुक्तानी हुन्छ।'

अर्थमन्त्री डा महतले बाहिर आएजस्तो आर्थिक सङ्कट चरम नभएको बताए। केही हदसम्म समस्या भए पनि बाहिर देखिए जस्तो आर्थिक सङ्कट नभएको उनको भनाइ थियो।

पहिला राष्ट्र बैंकले सहजरुपमा ऋण प्रवाह गर्दा त्यसको सही सदुपयोग नहुँदा समस्या आएको मन्त्री महतको भनाइ छ। 'सहजरुपमा ऋण पाउँदा त्यसलाई उत्पादनशील क्षेत्रमा कहाँ परिणाम आउँछ कहाँ आउँदैन नहेरी लगानी भयो। त्यसको असर अहिले देखियो', उनले थपे, 'अहिले मौद्रिक नीति खुकुलो नभएकाले ब्याजदर पनि बढ्यो र उत्पादन पनि भएन। जसका कारण केही व्यवसायीलाई समस्या परेको छ।'

सरकार अहिले अर्थतन्त्रको जग बनाउन लागि परेको उनको भनाइ थियो। अर्थतन्त्रको जग बलियो नभएका कारण केही समस्या आएको उनको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, असोज १९ २०८००८:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend