आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

खराब कर्जा नोक्सानीको सीमा घट्यो, अब असल कर्जामा १.२५ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने

बिहीबार , असोज १८ २०८०
खराब कर्जा नोक्सानीको सीमा घट्यो, अब असल कर्जामा १.२५ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७९ संसोधन गर्दै असल कर्जा नोक्सानी व्यवस्था सम्बन्धी प्रवधान परिवर्तन गरेको छ।

असल कर्जामा हाल बैंक तथा वित्तीय संस्थाले १.३० प्रतिशत कर्जा नोक्सानी गर्नुपर्ने व्यवस्था छ। राष्ट्र बैंकले अब यसलाई ०.०५ प्रतिशत बिन्दुले घटाउँदै १.२५ प्रतिशत कायम गरेको छ। 

राष्ट्र बैंकले सुक्ष्म  निगरानीको ५ प्रतिशत, कमसल कर्जाको २५ प्रतिशत, शंकास्पद कर्जाको २५ प्रतिशत र खराब कर्जा अन्तर्गत हालको सतप्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई यथावत राखेको छ।

यस व्यवस्थासँगै उर्जालगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरुमा प्रवाहित असल कर्जाको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी गरी अन्तिम वर्ष १.२५ कायम गरे पुग्नेछ।

यस्तै यस व्यवस्थाबाट रेमश, जुट, कपास लगायतका कृषि खेती र व्यवसायिकरुपमा गरिने आँप, सुन्तला, जुनार, मैसामी, किवी, ड्रयागन फ्रुट्स, कागती, लिची, एभोकाडो जस्ता फलफुल खेतिमा प्रवाह भएको कर्जाको तेस्रो वर्षदेखि १.२५ प्रतिशत कर्जा नोक्सानी गरे पुग्नेछ।

साथै बैंक तथा वित्तीय संस्थाले विभिन्न पूर्वाधार क्षेत्र तथा निर्माण कम्पनीहरु, होटल तथा पर्यटन, खुकुरा पालनलगायतका क्षेत्रमा प्रवाह गरेको कर्जाको पुर्नतालिकीकरण गर्दा १.२५ प्रतिशत मात्रै कर्जा नोक्सानी गर्दा पुग्नेछ।


प्रकाशित : बिहीबार , असोज १८ २०८०१८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend