आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

हायरपर्चेज कर्जाको जोखिमभार घट्यो, २५ लाखमाथि १ सय २५ प्रतिशत कायम

बिहीबार , असोज १८ २०८०
हायरपर्चेज कर्जाको जोखिमभार घट्यो, २५ लाखमाथि १ सय २५ प्रतिशत कायम

काठमाडौं- नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७९ संशोधन गर्दै व्यक्तिगत हायर पर्चेज कर्जाको जोखिमभार घटाएको छ।

२५ लाखभन्दा माथिको हायरपर्चेज कर्जामा नेपाल राष्ट्र बैंकले १ सय ५० प्रतिशत जोखिम भार कायम गरेको थियो। राष्ट्र बैंकले अब यस्तो कर्जाको जोखिमभार १ सय २५ प्रतिशत तोकेको छ।

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले हायरपर्चेज, रियलस्टेट, मार्जिन ल्याण्डिङ, ट्रष्ट रिसिप्टलगायतका कर्जाको जोखिमभार बढाएको थियो। 

व्यक्तिगत हायरपर्चेजमा जोखिमभार बढाएपछि निजी सवारीको मागमा कमी आएको व्यवसायीहरुले गुनासो गर्दै आएका थिए।

व्यवसायीको गुनासोलाई सम्बोधन गर्दै राष्ट्र बैंकले २५ प्रतिशत बिन्दुले यस्तो कर्जाको जोखिमभार घटाएको हो।


प्रकाशित : बिहीबार , असोज १८ २०८०१७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend