आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

५० लाखभन्दा बढीको मुद्दती निक्षेपमा प्यान अनिवार्य

बिहीबार , असोज १८ २०८०
५० लाखभन्दा बढीको मुद्दती निक्षेपमा प्यान अनिवार्य

काठमाडौं- नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७९ संशोधन गर्दै ठूलो मुद्दती निक्षेपमा प्यान कार्ड अनिवार्य गरेको छ। 

५० लाखभन्दा बढी मुद्दती निक्षेप स्वीकार गर्ने बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तासँग अनिवार्यरुपमा प्यान लिनुपर्ने व्यवस्था गरेको छ।

यस्तै बैंक तथा वित्तीय संस्थामा रहेको ५ लाखसम्मको मुद्दती निक्षेपको खाताको निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सुरक्षण गराउनुपर्ने व्यवस्था गरेको छ। 

यसअघि राष्ट्र बैंकले ३ लाखसम्मको प्राकृतिक व्यक्तिको नाममा रहेको बचत तथा मुद्दतीको सुरक्षण कोषमा सुरक्षण गराउनुपर्ने व्यवस्था थियो।


प्रकाशित : बिहीबार , असोज १८ २०८०१६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend